Connect with us
Kapilvast Forest

११ स्थानमा बाढीले खतराकाे तह पारगर्यो

२०७८, १ असार मंगलवारमा प्रकाशित

naryani

 

काठमाडौं- लगातारको तीन दिनदेखि पारेको पानीका कारण नारायणी र गण्डकी नदीमा बाढीले खतराको तह पार गरेको छ । नारायणी र गण्डकी र अरुणखोलामा गरी ११ स्थानमा बाढीले खतराको तह पार गरेपछि बाढी पूर्वानुमान महाशाखाले एसएमएस मार्फत सतर्कता अपनाउन अनुरोध गरेको जनाएको छ ।

नारायणी नदी अन्र्तगत कुमालगाउँ, पाल्पाको गैडाकोट, कास्कीको लुम्ले, चितवनको भरतपुर विमानस्थल क्षेत्र, चरछरे, कल्याणपुर, रामपुर र गण्डकीको म्याग्दीको घोरेपानी र पाल्पाको तानसेन क्षेत्रमा नदीमा बाढीले खतराको तह पार गरेको महाशाखाको तथ्याङक छ । यता नवलपरासीको अरुणखोलामा समेत खतराको तह पार गरेको छ, यहाँ सबै भन्दा धेरै २२६ मिलिमिटर पानी परेको छ ।

त्यसै गरी पाल्पाको गैडाकोटमा २४ घण्टा यता १८८ मिलिमिटर पानी परेको छ । यता जल तथा मौसम विज्ञान विभागले भने ठूला नदिमा तीन दिन र साना नदिहरुमा एक दिनको बाढीको सूचना दिएर तत्काल क्षति हुनबाट जोगिन अनुरोध गर्ने गरेको सूचना अधिकारी विक्रम श्रेष्ठले बताउनुभयो ।

विभागले भने मनसुन अवधिभर विहान ७ बजे मनसुन पुर्वानुमान वुलेटिन प्रकाशन, वर्षाका कारण आउनसक्ने बाढीबाट सर्तकता अपनाउन मोवाइलबाट पूर्वसूचना दिन एसएमएस, वेवसाइटबाट पूर्वसूचना, सर्तकताका लागि ११५५ को टोलफ्रि नम्बर २४ सै घण्टा खुल्ला राख्ने, ७२ घण्टाको वाढी र मौसमको पूर्वनुमान बुलेटिन प्रकाशन गरी पूर्वसूचना दिने गरेको श्रेष्ठले जानकारी दिनुभयो । विभागले राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय अपतकालीन कार्य सञ्चालन केन्द्र, गृह मन्त्रालय विपत तथा द्वन्द्व व्यवस्थापन महाशाखा, रेडक्रस, अन्य संघसंस्थाको सहयोग उद्धार कार्य गर्ने गरेको जनाएको छ ।

शुक्रबार पूर्वी नेपालबाट मनुसन भित्रिएसँगै लगातार बर्षा रोकिन सकेको छैन । दुई दिनभित्रै देशभर फैलिएको मनसुन अझै पनि केहीदिनसम्म सक्रिय हुने मौषमविद्हरुले जनाएका छन् । पछिल्लो २४ घण्टामा भैरहवामा ९४, पोखरामा ९३ र धनगडीमा ७६ मिलिमिटर पानी परेको थियो ।

अघिल्लो वर्ष जेठ ३० गते भित्रिएको मनसुनी चक्र यसवर्ष भने दुई दिन चाँडो र औसत समयअनुसार दुई दिन ढिलो गरी पूर्वीनेपालबाट भित्रिएको छ । २०७७ असोज ३० गते वाहिरिएको मनसुनी चक्र करिव आठ महिनाको अन्तरमा मनसुन भित्रिएको हो । नेपालमा सामान्यतया मनसुन १० जुनमा भित्रिने र सेक्टेम्वर २३ मा वाहिरीने औसत समय मानिन्छ । नेपालमा जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि मानिन्छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu