Connect with us
Kapilvast Forest

पेट्रोल बिक्री रोक्ने निर्णय भएको छैन : पेट्रोलियम व्ययसायी

२०७८, १ असार मंगलवारमा प्रकाशित

काठमाडौं – देशभरका पेट्रोल पम्पहरुको छाता संगठन नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले पम्पहरुले तेल बिक्री रोक्ने कुनै निर्णय नभएको जनाएको छ ।

तेल बिक्री नहुने भन्नेबारे आएका हल्लाहरु राष्ट्रिय एसोसिएसनसंग सहमति र छल्लफल गरेर नभएको अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले बताउनु भयो ।

 

‘धेरैले सोधिरहनु भएको छ, पम्पहरुले पेट्रोल बिक्री रोक्ने र निगमबाट खरिद पनि नगर्ने कुनै निर्णय भएको मेरो जानकारीमा छैन,’ अध्यक्ष प्रधानले भन्नु भयो ।

कसैले यस्तो निर्णय गरेको भए आधिकारिक राष्ट्रिय एसोसिएसनलाई जानकारी गराउनुपर्ने पनि प्रधानले बताउनु भयो ।

एसोसिएसनका महासचिव विश्व प्रसाद अर्यालले पनि पम्पहरुले खोप नपाए बिक्री रोक्ने कुनै निर्णय नगरेको बताउनु भयो ।

खोप नदिए निगमसँग तेल नकिन्ने र उपभोक्तलाई तेल बिक्री नगर्ने निर्णय भएको कुरा सत्य होइन, क्रमैसँग सबैलाई खोप लगाउँदै जाने सहमति भएको छ,’ महासचिव अर्यालले भन्नु भयो ।

अहिले चालक र सहचालकले खोप लगाउने र बिस्तारै पम्पका कर्मचारीले पनि खोप पाउने गरी निगमसँग छलफल चलिरहेको महासचिव अर्यालको भनाइ छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu