Connect with us

पोल्यान्डसँग बराबरीमा रोकियो स्पेन

२०७८, ६ असार आईतवारमा प्रकाशित

एजेन्सी – युरो कप फुटबलमा स्पेन बराबरीमा रोकिएको छ।शनिबार राति भएको समूह चरणको दोस्रो खेलमा स्पेनले पोल्याण्डसँग १-१ गोलको बराबरी खेलेको हो ।

सेभियामा सुरुवाती अग्रता जोगाउन र पेनाल्टीमा गोल गर्न नसक्दा स्पेनले अंक बाड्न बाध्य भयो। खेलको २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। उनले जेरार्ड मोरेनोको पासलाई सदुपयोग गरे।

तर, खेलको ५४ औं मिनेटमा कप्तान रोबर्टो लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई १(१ गोलको बराबरीमा फर्काए । उनले कामीलको पासमा हेडरमार्फत उत्कृष्ट गोल गरेका हुन्।

यस्तै खेलको ५८ औं मिनेटमा स्पेनले पेनाल्टीमा गोल गर्ने अवसर पायो। तर, जेरार्ड मोरेनोले गोल गर्न सकेनन्। उनको प्रहार पोस्टमा लाग्दै बाहिरिएको थियो।

यससँगै समूहको स्पेनले लगातार दोस्रो खेलमा बराबरी खेलेको छ। समूहको तेस्रो स्थानमा रहेको स्पेनले २ खेलमा २ अंक जोडेको छ। पहिलो खेलमा स्पेनले स्विडेनसँग गोलरहित बराबरी खेलेको थियो।

पोल्याण्डको भने यो पहिलो अंक हो। पोल्याण्ड २ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ। पहिलो खेलमा पोल्याण्ड स्लोभाकियासँग २–१ ले पराजित भएको थियो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu