Connect with us
Kapilvast Forest

बागमतीका नेतासँग देउवाको छलफल सुरु, सिटौला पक्षका नेता पनि सहभागी

२०७८, ६ असार आईतवारमा प्रकाशित

काठमाडौं – फेरि पनि पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार पनि आफू निकटका नेताहरसँग छलफल थाल्नु भएको छ ।

यसअघि प्रदेश १ र २ का नेताहरुसँग छलफल गरेका देउवाले अहिले बागमती प्रदेशका नेताहरुसँग छलफल गरिरहनु भएको छ । बुढानीलकण्ठस्थित देउवा निवासमा जारी छलफलमा कृष्णप्रसाद सिटौला पक्षका नेता शिव हुमागाइँ पनि सहभागी हुनुन्छ ।

 

बागमती प्रदेशका नेताहरुसँग छलफल सकेर आइतबारै गण्डकी प्रदेशका नेताहरुसँग छलफल गर्ने तयारी रहेको सभापति देउवाको सचिवालयले जनाएको छ ।

हालसम्मको छलफलमा देउवाले आसन्न १४औं महाधिवेशनमा आफू उम्मेदवार बन्ने भन्दै धेरैभन्दा धेरै महाधिवेशन प्रतिनिधि जुटाउन आग्रह गर्दै आउनु भएकोृ छ ।

शनिबार प्रदेश २ का नेताहरुसँग छलफल गर्दा उपसभापति विमलेन्द्र निधिले पनि सभापतिको उम्मेदवार बन्ने इच्छा देखाउनु भएको छ । तर देउवाले निधिलाई समर्थन गर्ने संकेत नदेखाएको एक नेताले बताउनु भयो ।नेपाली काँग्रेसको १४औं महाधिवेशन आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म निर्धारण गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu