Connect with us
Kapilvast Forest

सुनार जात भनेर कोठा नदिने घरबेटी पक्राउ

२०७८, ६ असार आईतवारमा प्रकाशित

काठमाडौं- कोठा भाडामा दिने कवुल गरेपछि जात थाहा पाएर भाडामा नदिने घरबेटी पक्राउ परेकी छिन् । कथित दलित भएको कारण देखाउँदै कोठा नदिएको आरोपमा काठमाडौं महानगरपालिका(११ बबरमहलका ५८ वर्षिया सरस्वती प्रधानलाई पक्राउ गरेको हो ।

जात थाहा पाएपछि कोठा नदिएको जाहेरीको आधारमा आईतबार पक्राउ गरिएको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले बताएबताउनुभयो । उहाँले भन्नु भयो ,‘उनलाई भर्खरै पक्राउ गरिएको हो, अब जिल्ला अदालतमा लगेर म्याद थप्छौँ अनि अनुसन्धानलाई अगाडी बढाउछौँ ।’

दलित भएकै कारण कोठा नदिने भनिएपछि सञ्चारकर्मी रुपा सुनारले गत असार ३ गते घरबेटी प्रधान विरुद्ध जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार जाहेरी दिएकी थिईन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu