मृत घोषित मानिस ११ बर्षपछि जीवितै भेटिएपछि
एजेन्सी-२०१० मा भारतमा भएको ज्ञानेश्वरी ट्रेन दुर्घटनामा मृत घोषित एकजना ३८ वर्षीय मानिस ११ बर्ष पछि जीवितै भेटिएका छन।भारतको सेण्टर ब्युरो अफ ईन्भेष्टिगेसनसीबीआईले उत्तर कोलकाताको जोराबागनबाट एकजना व्यक्तिलाई पक्राउ गरेपछि यो कुराको पुष्टि भएको हो। अमृतावन चौधरी नामका ती मानिस रेल दुर्घटनाको समयमा २७ वर्षका थिए।
निज चौधरीलाई ज्ञानेश्वरी ट्रेन दुर्घटनामा मरेका यात्रुहरूको सूचीमा राखिएको थियो। गत सन २०१० को जुन २ तारिखका दिन भएको सो दुर्घटनामा १ सय ४८ जनाको मृत्यू भएको थियो।
भारतीय सरकारले घोषणा गरे बमोजिम निजको परिवारले ४ लाख भारतीय रुपैंया क्षतिपूर्ति रकम तथा उनकि बहिनीले रेल सेवामा जागिर समेत पाएकि थिईन जो अझै सेवामै छिन।गत वर्ष कसैले गरेको उजुरीको आधारमा यस बारे छानबिन सुरु गरिएको थियो।