शिवराजका यी ब्यक्तिहरुको पहलमा प्रशासनको भवन बन्ने
सनिउल्ला धोबी-
कपिलवस्तु- कपिलवस्तुको चन्द्रौटामा रहेको ईलाका प्रशासन कार्यालयको भवन निर्माणका लागि रकम विनियोजित भएको छ ।
चन्द्रौटाका समाजसेवी हरि प्रसाद पोख्रेल, रविदत्ता मिश्र, जगतमान के .सी, कृष्ण कुमार चौधरी, मोहम्मद मुस्तफा खाँ, तौफिक मुसलमान लगायतको पहलमा इलका प्रशासन कार्यालयको भवनको लागि रकम बिनियोजन गरिएको छ ।
नेपाल सरकार गृह मन्त्रालयद्वारा इलाका प्रसाशन कार्यालय चद्रौटाको प्रसाशनिक भबन निर्माणका लागि ९ करोड बजेट बिनियोजन भएको समाजसेवी हरी पोख्रेलले बताउनु भयो ।
बहु बर्षिय आयोजना अनुसार स्वीकृति निर्माण सुचारु गर्न यसै आर्थिक बर्षमा रु ५० लाख निकासा हुने पोख्रेलले जानकारी दिनु भयो । उक्त भवन २० महिना भित्र निर्माण सम्पन्न गर्नुपर्नेछ ।
चन्द्रौटाको पर्सिया जानेबाटो नजिकै भवन बन्नेभएपछि यस क्षेत्रका नागरिक खुसी भएका छन । पर्सियाका स्थानीयले जग्गादान गरेपछि भवन बन्ने निश्चित भएको हो ।