प्रहरीका १६ डीआईजी र १५ एसएसपीको सरुवा
काठमाडौं-नेपाल प्रहरीका १६ प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ । गृह मन्त्री खगराज अधिकारीले सोमवार १६ डीआईजीकाे सरुवा गर्नुभएको हो ।
गृह मन्त्रालयको सूचनाअुनसार अरुणकुमार बिसी प्रदेश १ प्रहरी कार्यालय विराटनगर सरुवा हुनुभएको छ । यस्तै उमेश रञ्जितकार प्रदेश २ प्रहरी कार्यालय जनकपुर सरुवा हुनुभएको छ ।
यस्तै प्रकाशजङ्ग कार्की वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडा पुग्दा दिवेश लोहनी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा पुग्नुभएको छ ।
त्यस्तै नेपाल प्रहरीका १५ प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) को सरुवा भएको छ । गृह मन्त्री खगराज अधिकारीले सोमवार १५ एसएसपीको सरुवा गर्नुभएको हो ।
गृह मन्त्रालयको सूचनाअनुसार मीरा चौधरीलाई प्रदेश १ को प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर सरुवा गरिएको छ । यस्तै श्यामलाल ज्ञवालीलाई प्रदेश २ को प्रदेश प्रहरी कार्यालय जनकपुर सरुवा गरिएको छ ।
यस्तै उमाशङ्कर पन्जियार प्रहरी प्रदेश कार्यालय वीरगञ्ज पुग्दा जनकराज पाण्डेय नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर पुग्नुभएको छ ।