देश र संविधान दुर्घटनामा जान दिइँदैन : प्रचण्ड
चितवन -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देश र संविधानलाई दुर्घटना हुनबाट बचाउन हरसम्भव प्रयास गरिरहेको बताउनुभयो ।पछिल्लो राजनीतिक घटनाक्रमले संविधान धरासायी हुने होकी भन्ने आशंका पैदा गरेको उहाँले बताउनुभयो ।
देशै के हुने हो भन्ने जस्तो स्थिति आएको बताउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो ‘धेरै नपाली जनता सचेत रहेकाले र राजनीति दलभित्र पनि नेता कार्यकर्ता राष्ट्र प्रतिको जिम्मेवारी भएकाले दुर्घटनामा देश जानै दिइँदैन । गणतन्त्र लोकतन्त्र पनि बच्छ र राष्ट्रियता माथि लाग्न खोजेको कालो बादल पनि चाँडै हट्छ ।’
झण्डै दुई तिहाइ बहुमतको नेपाल कम्युनिष्ट पार्टी छिन्नभिन्न हुँदा आफूलाई दुःख लागेको उहाँले बताउनुभयो ।चितवनमा नदीले कटान गरेको क्षेत्रको अवलोकन गर्न र पूर्वउपसभामुख पूर्णकुमारी सुवेदीका स्वर्गीय बुवाको सातौं दिनको श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन प्रचण्ड चितवन आउनुभएको हो ।