शिवराज ९मा मखमलको जुत्ता बनाउने तालिम समापन
कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका वडा न ९ मा संचालित १० दिने ढाका तथा मखमलको जुत्ता बनाउने तालिम सम्पन्न भएको छ ।एकल बिधुवा र विपन्न महिलाहरुलार्ई लक्षित गरी वडा न ९ ले उक्त तालिमको आयोजना गरेको हो । चालू आ .व. ०७७÷७८ को वडास्तरिय वार्षिक कार्यक्रम अन्तरगत भएको तालिममा वडाका १० जना महिलाहरु तालिममा सहभागि भएका थियो । जेठ २८ गते देखि असार ६ गते सम्म संचालन भएको तालिम एक कार्यक्रमका विच मंगलबार (आज ) समापन भएको हो ।
शिवराज नगर पालिका वडा न ९ का वडा अध्यक्ष चुर वहादुर खड्काको प्रमुुख आतिथ्यतामा उक्त तालिम समापन भएको हो । वडा अध्यक्ष खड्काले उक्त तालिमको समापन गर्दै सिपलाई आर्थिक उपार्जन संग जोड्नु पर्नेमा जोड दिनु भयो ।
उहाँले सिप विना समतामुलक समाज निर्माण गर्न नसकिने भएकाले वडाले उक्त कार्यक्रमको लागि एक लाख छुट्याएर एकल बिधुवा र विपन्न महिलाहरुलार्ई सिपको लागि तालिमको आयोजना गरेको बताउनु भयो ।
वडा अध्यक्ष खड्काले सिप र ज्ञानलाई व्यवहारमा उर्तान सकेमात्र तालिमको औचित्य हुने बताउदै सिपलाई व्यवसायीक बनाउन आवश्यक रहेको औल्याउनु भयो ।
कार्यक्रमको समापन गदैं सन्जाल अध्यक्ष दिलमाया बाठाल सिप सिक्दै र त्यसलाई व्यवसायीक बनाउदै महिलाहरुले समाजको नेतृत्व लिन अगाडि सर्न आवश्यक रहेको बताउनु भयोे । उहाले सिपका धेरै कार्यक्रम अगाडि सारेपनि प्रतिफल आउन नसकेको बताउदै सिपलाई सामुहिक रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो ।
वडा न ९ को कार्यालयको आर्थिक सहयोग,दियालो नेपालको ब्यवस्थापन र शिवगढि आर्थिक,सामाजिक तथा सास्कृतिक अधिकार सन्जालको आयोजनामा संचालित कार्यक्रमको समापन समाहरोहमा संजालकि अध्यक्ष दिलमाया बाठाको अध्यक्षता, शिवराज वडा न ९का वडा अध्यक्ष भुर बहादुर खडकाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडा सदस्य रामगोपाल चौधरी,वडा सचिव प्रेम वलि,महिला अधिकार कर्मी मिना परियार, समाजसेवी हरि प्रसाद श्रेष्ठ,दियालो नेपालकी अध्यक्ष तारा , सन्जालका प्रतिनिधि पार्वती सुवेदी, दिलमाया थापा लगायतको सहभागिता रहेको थियो ।