Connect with us
Kapilvast Forest

बालिका हत्याका आरोपित यादव पक्राउ, करणी गरी हत्या गरेको स्वीकार

२०७८, ८ असार मंगलवारमा प्रकाशित

pakrau fiture

 

 

राजविराज- पाँच दिन अघि एक नौ वर्षीया बालिकाको हत्या भएको घटनामा संलग्न एक जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको डाक्नेश्वरी नगरपालिका ३ हटैलका १९ वर्षीय रोहितकुमार यादव रहेका छन । आरोपितले सोही वार्डका बालिकालाई घाँटी रेटेर भएको हत्या गरेको प्रहरीले बताइएको छ ।

गत शुक्रबार घाँस काट्न घरबाट निस्केकी सोही वडाका रामउद्गार यादवकी नौ वर्षीया छोरी शिवानीकुमारी यादवको हत्या भएको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा रोहितलाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताउनुभयो ।

घटनापछि फरार रहेको यादवलाई भारततर्फ जाँदै गरेको अवस्थामा सीमा नजिकबाट पक्राउ गरिएको उहाँले बताउनुभयो । पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखेर थप अनुसन्धान भइरहेको छ ।घटना भएसँगै प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोको नेतृत्वमा विशेष टोली खटाइएको थियो ।

यसरी भयो घटना
सो दिन शिबानी ५ वर्षीया बहिनी सँध्यासँगै बाख्रा चराउन र घाँस काट्न भनेर घरदेखि करिब आठ सय मिटर उत्तर पुर्व पर्ने खेतमा जाने क्रममा बाटोमा आँपको बगैँचा नजिक पुगेको थियो । शिबानीले झरेको दुई वटा आँप टिपेर बहिनी सँध्यालाई दिएर बाख्रा लिएर खेत तर्फ जादै गर म अरु आँप टिपेर आउँछु । सँध्या खेततर्फ लाग्यो ।

शिबानी नजिकैको नाता पर्ने शिबनाथ यादबको आँप बगैँचामा आँप टिपिरहेको अबस्थामा रोहित नजिक आएर बगैंचामा वरिपरी कोही नभएको मौका छोपी आँप दिने प्रलोभन दिई यौन चाहना पूरा गर्न करणी ग¥यो । सो कुरा आमालाई बताई दिने भनेपछि शिबानीको साथमा रहेको हँसियाले घाँटीरेटि हत्या गरेको रोहितबाट खुल्न आएको प्रहरीले बताइएको छ ।

घटनामा संलग्न ब्यक्तिहरुको पहिचान एबं खोज तलाशको लागी प्राबिधिक अनुसन्धान समेत गर्न २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर एबंम संघीय प्रहरी ईकाई कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय सप्तरीको सयुक्त टोली खटिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj