बाणगंगा सिचाई प्रणालीको नहर सरसफाईको काममा जलउपभोक्ता समितिको कुनै छैन: उपभोक्ता समिति
कपिलवस्तु -कपिलवसतुको सबै भन्दा ठुलो र पुरानो बाणगंगा सिचाई आयोजनाको नहर सरसफाईकालागि अमानतमा दिएको काममा बाणगां सिचाई प्रणाली जल उपभोक्ता समितिको कुनै संलग्नता नहरेको दाबी गरिएको छ । बाणगंगा सिचाई ब्यवस्थापन कार्यालयले आर्फैले नहर सरसफाई गर्ने भन्दै सार्वजनिक खरिद ऐन बितपरित कोटेशन र अमानतमा काम गराएको भन्दै केही संचारमाध्यमा जलउपभोक्ता समितिको मिलेमतोमा त्यो काम गरिएको भन्ने प्रति समितिले गंभीर ध्यानाकष्र्ण भएको जनाएको छ । समितिको उपाध्यक्ष तथा निर्माण समितिका संयोजक मोहन शर्माले नरह सरसफाईको काममा समितिलाइृ कुनै जानकारी नभएको बताउनु भयो ।
उहाँले बाणगंगा सिचाई ब्यवस्थापन कार्यालयले नहर सरसफाईको काम के कसरी दिएको भन्ने समितिलाई कुनै जानकारी नभएको बताउनु भयो । कार्यालयले नहरको सफाईको काम गरेको सुने पछि त्यस बारे जानकारी लिन आफहरुले गत जेठ २७ गते कर्यालय तथा बार्धार्थकारुपमा भौतिक पुर्वाधार मन्त्रालय र प्रशासन कार्यालयमा पत्र समेत पठाएको उहाँले बताउनु भयो
। उता नहरको सरसफाई कार्यालयले आफनै मातहतमा गरको लेखापाल दिपक पोख्रेलले बताउनु भयो । उहाँले ढिलो गरी कार्यक्रमको अख्तियारी आएको र ठेक्कामा काम दिदा समय अभावले गर्दा सार्वजनिक खरिद ऐनमा ब्यवस्था भए अनुसार काम गरिएको उहाँले बताउनु भयो ।
‘ सार्वजनकि खरिद ऐनमा भएको ब्यवस्थार माथिल्लो निकायसंग स्विकृति लिएर काम गराएका हौ ’ उहाँले भन्नु भयो । जेसिभि मार्फत अमानतमा करिब २२ लाखको काम गराइएको उनले बताउनु भयो ।