Connect with us
Kapilvast Forest

६४ जिल्लामा अमेरिकी फौजी किराको प्रकोप

२०७८, ८ असार मंगलवारमा प्रकाशित

fauji-kira

काठमाडौँ – ६४ जिल्लामा मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराको प्रकोप देखिएको छ । किराको प्रकोपका कारण खेत र बारीको मकै बाली नष्ट पारेको किसानहरूले गुनासो गरेका छन् ।

केही समय अघिसम्म खेतको मकैलाई क्षति पुर्‍याएको फौजी किरा अहिले देशभरको ६४ जिल्लामा फैलिएको प्लान्ट क्वरेन्टिाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

किरा फैलिएकोबारेमा विवरण संकलन भइरहेको र त्यसको व्यवस्थापनका लागि काम चलिरहेको केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले   जानकारी दिनुभयो ।

नेपालमा फौजी किरा प्रवेश गरेको दुई वर्ष भइसकेको छ । फौजी किराका कारण हुने क्षति रोक्नका लागि तीन तहकै सरकार काम गरिरहेको उहाँको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj