मोबाइलमा फोन नलाग्ने समस्या समाधान भइसक्यो:टेलिकम प्रवक्ता
काठमाडौं-नेपाल टेलिकमको मोबाइल फोन नेटवर्कमा देखिएको समस्या समाधान भएको छ । टेलिकमका प्रवक्ता राजेश जोशीले बुधबार बिहान ६ बजेदेखि टेलिकमको मोबाइल नेटवर्कमा समस्या देखिएकोमा प्राविधिकहरूले दुई घण्टापछि सेवा पूर्ववत् अवस्थामा फर्काएको जानकारी दिनुभयो ।
‘बिहान ६ बजेदेखि अवरुद्ध भएको सेवा दुई घण्टापछि ८ बजेदेखि सुचारु भएको बताउनुभयो ।‘केही अघि भ्वाइस सेवालाई फोरजीमा अपग्रेट गरिएको थियो । एक्कासी भीओएलटीई सिस्टममा समस्या आउँदा मोबाइल नेटवर्कमा समस्या देखिएको थियो ।’
भीओएलटीई (भ्वाइस ओभर एलटीई) भनेको फोजी नेटवर्कमार्फत उच्च गुणस्तरको भ्वाइस कल गर्न सकिने अत्याधुनिक प्रविधि हो । भीओएलटीईको प्रयोगबाट कुराकानी गर्दा मोबाइलमा स्तरीय भ्वाइस प्राप्त गर्न सकिने टेलिकमको भनाइ छ ।
यस प्रविधि मार्फत फोनमा कुराकानी गरिरहँदा फोरजी डाटा पनि साथसाथै चलाउन सकिन्छ।प्रवक्ता जोशीले जीएसएम बिनाको अरु सिस्टममा कुनै समस्या नआएको बताएउनुभयो । उहाँले भोओएलटी सर्पोट गर्ने मोबाइलहरूमा जीएसएमकै सेवाहरु पनि प्रभावित नभएको दावी गर्नु भयो ।