Connect with us
Kapilvast Forest

स्थानियको सुझाव संकलनबाटै धमाधम बजेट निर्माणको तयारीमा सितगगां

२०७८, ९ असार बुधबारमा प्रकाशित

अर्घाखाँची-शितगंगा नगरपालिका वडा नम्बर २ ले वडामा सर्वपक्षीय भेला गरि आगामी बजेटका लागि राय सुझाव संकलन गरि बजेट बिनियोजन गरेको छ । वडा अध्यक्ष गोवद्धन थापालेले वडाका विभिन्न निकायका प्रतिनिधि सँग सुझाव संकलन गर्नु भएको हो । यस्तै वडा सदस्य गाँउमा पुगि जनता सँग आवश्यक बजेटका लागि सुझाव माग गरि जनताको काममा बजेट बिनियोजन गरिने वडा अध्यक्ष थापाले ले जानकारी दिनु भयो ।

त्यस्तै शितगंगा नगरपालिका वडा नम्बर ५ ले स्थानिय रोजगार तथा कृषकहरु प्रत्यक्ष लाभान्वित हुने गरि आगामी बर्ष बजेट बिनियोजन गर्ने भएको छ । वडा नम्बर ५ का वडा अध्यक्ष कमल पौडेलले यो बर्ष छुट्टाएका योजनाहरु अब सकिने क्रममा रहेको बताउनु भयो । ३ वटा योजना मात्र बाँकी रहेको र केही दिनमै सकिन पौडेलले बताउनु भयो ।

यो बर्ष पुर्वाधारमा काम सम्प्न भएको पौडेलले बताउनु भयो ।हरि माबि ,सुधा माबि ,ज्ञानदिप आबिमा यो बर्ष भवन निर्माण तथा मैदान निर्माण मा काम भएको वडा अध्यक्ष पौडेलले जानकारी दिनु भयो ।सिँचाइको क्षेत्रमा विभिन्न कुला निर्माणका काम सम्पन्न भएको छ । वडामा नगर स्वास्थ क्लिनिक हरु स्थापना गरि टाढा रहेका बस्तिमा सेवा सुरु भएको र आगामी बर्ष छुट भएका स्थानमा स्थापना गरि सेवा दिने बताउनु भयो ।

एक घर एक धारा योजना अन्तिम चरणमा रहेको र आगामी बर्ष सम्म सम्पन्न गर्ने योजना रहेको वडा अध्यक्ष पौडेलले जानकारी दिनु भयो ।आगामी बर्ष वडामा कृषक प्रोत्शाहनका लागि गाई बितरण र उत्पादन हुने दुधलाई बजारिकरण गर्ने बतउनु भयो ।

आ।व ०७७ ।०७८ मा शितगंगा नगरपालिका वडा न ६ मा सम्पुर्ण वडा बासी लाई समेट्ने गरी कृषी क्षेत्रमा कृषिमा प्राथकिता दिने भएको छ ।त्यस्तै पुुर्वधार विकाश लाइ निरन्तरता दिने भएको छ । शौक्षिक सुधार लगायतमा प्रथमिकता दिने भएको छ ।

आवको नीति, कार्यक्रम तथा बजेट निर्माण अन्तगर्त अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ७ को वडाको बजेट विनियोजन भएको छ

 

आर्थिक बर्षप ०७८र७९ मा कृषि पशुपालन शिक्षा स्वास्थ्यलाई बिषेश प्राथमिकतामा राखेको र भौतिक पूर्वाधार विकास अन्तरगत सडकको स्तरोन्नित, सिंचाई, खानेपानी जस्ता विषयवस्तुलाई बहुआयामिक तरिकाले प्राथामिकतामा राखिने भएको छ ।त्यस्तै सामाजिक विकास तर्फ शिक्षा, स्वास्थ्य जस्ता विषयलाई पनि प्राथामिकता राखिने वडा अध्यक्ष्य महन पन्थीले जानकारी दिनुभयो ।

वस्ती स्तरीय योजना छनौटका क्रममा जनताका गुनासो सहितका सल्लाह, सुझावबाटै बजेट तर्जुमा गरीएको अध्यक्ष्य पन्थीले बताउनुभयो ।

 

त्यस्तै यता शितगंगा नगरपालिका वडा नम्बर १२ ले पनि वडामा सर्वपक्षीय भेला गरि आगामी बजेटका लागि राय सुझाव संकलन गरि बजेट बिनियोजन गरेको छ । वडा अध्यक्ष बाबुराम गैरेले वडाका विभिन्न निकायका प्रतिनिधि सँग सुझाव संकलन गर्नु भएको हो । यस्तै वडा सदस्य तथा वडा अध्यक्ष आफै गाँउमा पुगि जनता सँग आवश्यक बजेटका लागि सुझव माग गरि जनताको काममा बजेट बिनियोजन गरिने वडा अध्यक्ष बाबुराम गैरेले जानकारी दिनु भयो ।

कार्यक्रममा सहभागी अधिकांसले रकम बिनियोजन गर्दा अधुरा काम पूरा गर्ने गरि बजेट बिनियोजन गर्न सुझाव दिए साथै अधुरो खानेपानीका योजना सम्पन्न गर्न समेत अनुरोध गरेका थिए । वडा अध्यक्ष गैरेले बजेट बिनियोजन गर्न पुर्व वडाका बिभिन्न राजनितिक दल, समाजसेवी शिक्षक, ब्यवसायी बिभिन्न संघ सस्थाका प्रतिनिधी लगायत सँग सुझाव संकलन गरि बजेट बिनियोजन गरेको बताउनु भयो । वडा नम्बर १२ ले सडक सुधार ,कृषि तथा पुर्वाधारमा बढी बजेट विनियोजन गरेको वडा अध्यक्ष गैरेले जानकारी दिनु भयो ।

 

बजेट बिनियोजन गर्न पुर्व सितगगांका वडाहरु बिभिन्न राजनितिक दल, समाजसेवी शिक्षक, ब्यवसायी बिभिन्न संघ सस्थाका प्रतिनिधी लगायत सँग सुझाव संकलन गरि बजेट बिनियोजन गर्नु थाले का छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj