Connect with us
Kapilvast Forest

रासायनिक मलको अभाव छैन, यसपालि धान उत्पादन बढ्नेछ : कृषि मन्त्रालय

२०७८, ११ असार शुक्रबारमा प्रकाशित

bhumi

काठमाडौं – समयमा नै पानी परेको र मल, बिउको पनि समस्या नभएकाले यसपालि धानको उत्पादन बढ्ने सरकारको दाबी छ । मौसमले साथ दिएकाले र मलको पनि अभाव नभएकाले यसपालि धानको उत्पादन बढ्ने कृषि मन्त्रालयका प्रवक्ता डाक्टर श्रीराम घिमिरेले बताउनुभएकाे छ ।

यसपालि धानको उत्पादन बढेर ६० लाख मेट्रिक टन पुग्ने दाबी गरिएको छ । पोहोर ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । बर्खाका लागि आवश्यक पर्ने रासायनिक मलको कुनै समस्या नभएकाले बाढी पहिरोले क्षति नपुुगे धान उत्पादन बढ्ने मन्त्रालयका प्रवक्ता घिमिरेले बताउनुभयो । उहाँका अनुसार बर्खाका लागि अहिले ८० हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ । हिउँदका लागि पनि मलको अभाव हुन नदिन सरकारले भारत, बंगलादेशलगायत देशबाट मल ल्याउँदैछ ।

जीटूजीमार्फत पाँच वर्षका लागि मल खरिद गर्ने सम्झौता गर्न लागिएको छ । कृषि मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेका अनुसार पहिलो वर्ष एक लाख १० हजार मेट्रिक टन, दोस्रो वर्ष एक लाख २५ हजार मेट्रिक टन, तेस्रो वर्ष एक लाख ४० हजार मेट्रिक टन गर्दै पाँचौँ वर्षमा दुई लाख १५ हजार मेट्रिक टन मल खरिद गर्ने प्रस्ताव गरिएको छ तर भारतले यो मात्रामा मल दिन नसकिने भन्दै मात्रा घटाउन आग्रह गर्दै पत्र पठाएको छ ।

भारतबाट मागे जति मल नआए पनि अन्य देशबाट पनि ल्याउन पहल भइरहेको उहाँले बताउनुभयो । कृषि मन्त्रालयका सचिव डाक्टर योगेन्द्रकुमार कार्कीले मल खरिद सम्झौताका लागि अन्तिम तयारी भइरहेको र केही दिनमा टुङ्गो लाग्ने बताउनुभयो । यसअघि बङ्गलादेशसँग गरिएको जीटूजी सम्झौताअनुसार ५० हजार मेट्रिक टनमध्ये ४० हजार मेट्रिक टन नेपाल आइसकेको छ भने १० हजार मेट्रिक टन आउने क्रममा रहेको कार्कीले जानकारी दिनुभयो ।

मनसुन सुरु भएसँगै देशका केही ठाउँमा रोपाइँ सुरु भइसकेको छ । लगातार पानी पर्न थालेपछि काठमाण्डौ, ललितपुर, भक्तपुर, पोखरासहितका देशका विभिन्न ठाउँमा केही दिनदेखि रोपाइँकाे काम धमाधम भैरहेको छ । निषेधाज्ञाका कारण धेरैजना गाउँघरमै भएकाले पोहोर जस्तै यसपालि रोपाइँ लगायत खेतीको काम गर्न सजिलो भएको छ । यसले गर्दा यसपालि रोपाइँको क्षेत्रफल पनि बढ्ने अनुमान छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu