मानव अधिकार समुहद्धारा नगरपालिकालाई ध्यानाकर्षण पत्र
कपिलबस्तु-ईन्सेकद्धारा गठित मानव अधिकार समुह बाणगंगाले विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । मानव अधिकार समुह बाणगंगाका अध्यक्ष ईन्दिरा भट्राईको संयोजकत्वमा समुहका पदाधिकारीहरुको समुहले मेयर मंगल प्रसाद थारुलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्रमा कोभिड १९ विरुद्धको खोप सम्पुर्ण स्थानिय जनताले लगाउन पाउने सुनिश्चितताको अविलम्ब व्यवस्था गर्न, स्थानिय तहका प्राबि र निमाबिका केही शिक्षकहरु कोरोनाको खोपबाट बञ्चित भएको हुँदा तुरुन्त खोपको ब्यबस्था गर्न, दैनिक ज्याला मजदुरी गरेर जिबिको पार्जन गर्ने परिवारका लागि तत्काल स्थानिय तहले राहतको ब्यबस्था गर्न माग गरिएको छ ।
त्यस्तै विश्वभर फैलिरहेको कोभिड–१९ को दोस्रो लहरले आक्रान्त मच्चाई रहँदा स्थानियतहमा अक्सिजनको अभाव र निर्माण भएका आईसोलेसन सेन्टरमा दक्ष जनशक्ती नहुँदा जिल्ला तथा लुम्बिनी प्रादेशिक अस्पत्तालमा समेत बेड खाली नहुँदा यस स्थानियतहका कैयो जना ब्यक्तीले कोरोनाका कारण ज्यान गुमाए । अक्सिजनको अभावले बाँच्न सक्ने सङ्क्रमितहरुलाई समेत उचित व्यवस्था तथा हेरविचार गर्न नसकेर बचाउन नसकेको समेत उल्लेख गरिएको छ ।
त्यस्तै कोभिड सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले थप गर्दै गरेको निषेधाज्ञाका कारण ज्यालामजदुरी गरी जिविकोपार्जन गर्ने व्यक्ति र बर्गलाई थप सङ्कट उत्पन्न भएको छ । तीनै तहका सरकारले कोभिड नियन्त्रणका लागि गर्नु पर्ने कार्यहरु प्रभावकारी रुपमा गर्न नसकेको जनगुनासो बढदो अवस्थामा आएपछि स्थानियतहलाई ध्यानाकर्षण गराईएको हो
ग्रामिण तहमा अहिले पनि कोभिडको लक्षण भएका रुघाखोकी र ज्वोरोका बिरामीहरु प्रसस्त मात्रामा रहेको भएपनि उनीहरुको चेकजाँच हुन सकेको छैन् । नगरपालिकामा पीसीआर तथा एन्टिजेन किटको व्यवस्था गरी परीक्षणको दायरा बढाउन, .दिर्घरोगीहरुलाई चाहिने आवश्यक औषधिको पर्याप्त मात्रामा आपुर्ति गरियोस, जोखिममा रहेका अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका, महिलाहरुकोे स्वास्थ्य र सुरक्षाको बिशेष पहल गर्न समेत ध्यानाकर्षण गराईएको हो ।
यसैगरी निषेधाज्ञाको अवस्थामा उपभोग्य बस्तुको मूल्य अत्याधिक मात्रामा बृद्धि भएको र कालोबजारी बढदै गएकोले उपभोक्ताहरु थपमारमा परेको पाइएकोले प्रभावकारी बजार अनुगमन तथा उपभोक्ताहरुको आधारभूत आवश्यकताको परिपूर्तिको लागि स्थानीय सरकारहरुबाट उचित प्रवन्ध मिलाउन र संबिधानमा उल्लेख भए अनुसार आम नागरिकको स्वास्थ्य सम्बन्धी हकका साथै बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न पत्र मार्फत ध्यानाकर्षण गराईएको हो ।
विभिन्न क्षेत्र बाट बालबालिकाहरु लाई आतंकितपार्नेगरी कोभिडको तेश्रो लहर वारे आयका समाचारहरुको वैधता यकिन गरि परामर्श जन्य कार्यक्रमहरु सघन रुपमा सञ्चालन गर्न, कोभिडको कारण भौतिक उपस्थितिमा हुन नसकेको पठन पाठन कार्यलाई विभिन्न वैकल्पिक विधिहरुको प्रयोग गरि पठन पाठन र मूल्यांकनका विधिहरुमा समेत परिवर्तन स्थानियतहले पहल गरियोस लगाएतका बिषयहरुमा ध्यानाकर्षण गराईएको छ ।
समुहका अध्यक्ष ईन्दिरा भट्राईले मानव अधिकार समुह एउटा पिडित नागरिकलाई पुलको काम गरि उनीहरुको वकालत गर्ने समुह रहेको बताउनु भयो ् । उहाँले मानव अधिकार समुह नगरपालिकासंग समन्वय गर्दै अगाडि बढ्न खोजेको बतउनु भयो ।
ध्यानाकर्षण पत्र बुझ्दै मेयर मंगल प्रसाद थारुले ध्यानाकर्षण पत्रमा उल्लेख मागलाई छलफल गरि समयमै निष्कर्ष निकाल्ने बताएका छन् । उनले हामी मानव भएकाले मानव अधिकारको विषयमा धेरै लागि परेको बताउनु भयो । मेयर थारुले यस क्षेत्रमा काम गर्ने मानव अधिकार समुह वाणगंगासंग नगरपालिका सदैव समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा नगर उप प्रमुख चक्रपाणि अर्याल, मानव अधिकार वाणगंगाका उपाध्यक्ष ईन्दिरा पन्त, सचिव मधु पाण्डे, सल्लाहकार चेतना अधिकारी, सदस्य देवकला सुवेदी कमाल, रुपा राई गुरुङ, रुपा पालुङ्गे मगर, ईन्सेक प्रतिनिधि पार्वती आचार्य, पत्रकार हरि आचार्य लगायतको उपस्थिती रहेको थियो ।