गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु
गुल्मी -गुल्मीमा ग्यारेजमा मोटरसाइकल धुने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्वर एकस्थित रिडी बजारको विनोद मोटर पार्टस् ग्यारेजमा मोटरसाइकल धुने क्रममा करेन्ट लाग्दा सोही वडाका ४० वर्षीय सुन्दर श्रेष्ठ गम्भीर घाइते हुनु भएको थियो ।
उहाँलाई उपचारका लागि मिसन अस्पताल लगिएको थियो । अस्पतालमै उहाँको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।