Connect with us
Kapilvast Forest

सभामुखका वकिललाई १ घण्टा भन्दा समय दिँदैनौं :महान्यायाधिवक्ता बडाल

२०७८, १३ असार आईतवारमा प्रकाशित

काठमाडौं- प्रतिनिधिसभा विघटन मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाको पक्षका कानुन व्यवसायीले बहस गर्न डेढ घण्टा समय पाउनहुने छ ।

रिट निवेदनमा सभामुखलाई पनि विपक्षी बनाइएको छ । संवैधानिक इजलासले विपक्षीलाई बहसका लागि १५ घण्टा समय छुट्याएको थियो ।सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता रमेश बडालले सभामुखका वकिललाई एक घण्टा भन्दा बढी समय दिन नसकिने बताउनुभयो ।

सभामुखलाई रिटमा विपक्षी बनाइए पनि उहाँ विपक्षीको माग अनुसार रिट जारी हुनुपर्छ भन्ने पक्षमा रहेकाले एक घण्टा भन्दा समय दिन नसकिने उहाँले आइतबार संवैधानिक इजलासमा बताउनुभयो । ‘सभामुखले रिट निवेदन जारी हुनुपर्छ भन्नुभएको रहेछ । त्यसैले उहाँ पक्ष हो, एक घण्टा दिउँला भनेको मान्नुभएन’ उहाँले भन्नुभयो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आवश्यक परेमा आधा घण्टा समय थप गरिदिने बताउनुभयो । प्रतिनिधिसभा विघटन मुद्दामा रिट निवेदकको तर्फबाट आइतबार बहस सकिएको छ । रिट निवेदकले पाएको १५ घण्टा समयमध्ये १२ घण्टा सकिएको छ भने बाँकी ३ घण्टा सरकारी पक्षले बहस गरेपछि जवाफी बहसका लागि छुट्याइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu