नेपालखबरको सम्पादकमा बिनु सुवेदी
काठमाडौं-नेपालखबर डटकमको सम्पादकमा पत्रकार बिनु सुवेदी नियुक्त हुनुभएको छ । नेपाल खबर प्रालिले सुवेदीलाई आज बिहीबारबाट सम्पादकमा नियुक्ति गरेको हो।
नेपालको मूलधारको सञ्चार माध्यममा सुवेदी पहिलो महिला सम्पादक हो ।नवनियुक्त सम्पादक सुवेदीले आजै नेपालखबरको थापाथलीस्थित समाचार कक्षमा अबको समय डिजिटल भएको बताउँदै बहुआयामिकता समेट्दै अघि बढ्ने बताउनुभयो ।
सुवेदीले १५ वर्षअघि नेपाल एफएमबाट पत्रकारिता सुरु गर्नु भएको थियो । सुवेदीसँग उज्यालो नेटवर्क, सामुदायिक सूचना नेटवर्क (सीआईएन), सेतोपाटी अनलाइनमा काम गरेको अनुभव छ।
पछिल्लो समय सुवेदी कान्तिपुर दैनिकको राजनीतिक ब्युरोमा कार्यरत हुनुन्थ्यो । सुवेदीसँग राजनीतिक, भूराजनीतिक र सामाजिक विषयमा १५ वर्ष रिपोर्टिङ गरेको अनुभव छ।
म्याग्दी घर भएकी सुवेदीले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गर्नु भएको छ ।सो अवसरमा करिब डेढ वर्षदेखि नेपालखबरको कार्यकारी सम्पादक रहेका थिरलाल भुसाललाई बिदाइ गरिएको थियो।