Connect with us
Kapilvast Forest

एक वर्षपछि भारतले खोल्यो पाम आयलको आयात

२०७८, १८ असार शुक्रबारमा प्रकाशित

वीरगञ्ज – प्रतिबन्ध लगाएको १ वर्षपछि भारतले पाम तेलको आयात फुकुवा गरेको छ । भारतको यो कदमसँगै नेपालबाट प्रशोधित पाम आयलको भारत निकासीको बाटो खुलेको उद्यमीहरूको भनाई छ ।

भारतको वैदेशिक व्यापार महानिर्देशनालयले मंगलवार सूचना निकालेर पाम आयलको आयात खुला गरिएको जानकारी दिएको हो । भारतले आगामी डिसेम्बर अन्तिम (पुस १६) सम्मका लागि आयात खुलाएको छ । भारतमा खाने तेलको मूल्य वृद्धि भएपछि भारत सरकारले पाम तेलको आयातका लागि नेपाललगायत अन्य मुलुकलाई समेत अनुमति दिएको हो ।

भारतले पाम तेल आयात खोलेपनि निकासी गर्न कम्तीमा अझै १ महीना लाग्ने ओबीसी फुडका सञ्चालक सुरेश रुंगटाले बताउनु भयो । ‘भारत निकासी रोकिएपछि उद्योगीहरू अहिले भटमासको तेल निर्यातमा केन्द्रित भएका छन् । कच्चा पाम आयल भित्र्याएर प्रशोधन र निकासी गर्न १ महीना समय लाग्छ,’ उद्यमी रुंगटाले आर्थिक अभियानसित भन्नु भयो ।

नेपाली उद्यमीले इन्डोनेशिया र मलेशियाबाट ल्याएको कच्चा पाम प्रशोधन गरी भारत निकासी गर्छन् । आयातित पाम आयलले आफ्ना उद्योग र कृषकलाई प्रतिकूल प्रभाव पारेको भन्दै भारतले २०७७ वैशाख ३० गतेयता आयातमा पूर्ण रोक लगाएको थियो ।

त्यसअघि २०७६ पुस २३ मा लगाइएको रोक १ महिनापछि परिमाणात्मक बन्देजसहित खुला गरेको थियो । भारतले पाम आयल आयातमा उच्च दरको महसुल लगाएको छ ।-यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu