Connect with us
Kapilvast Forest

रवि लामिछानेलाई अझै ५ दिन थुनामा राख्न आदेश

२०७६, ३ भाद्र मंगलवारमा प्रकाशित

चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा आरोप लागेका सञ्चारकर्मी रवि लामिछानेलाई अनुसन्धानकालागि थप ५ दिन हिरासतमा राख्न चितवन जिल्ला अदालतले आदेश दिएको छ ।

जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले मंगलबार लामिछानेसहित तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

पाँच दिन हिरासतमा राखेर सोधपुछ गरेपछि प्रहरीले रविसहित तीन जनालाई दोस्रो म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो। वादीको तर्फबाट जिल्ला न्यायधिवक्ता यदु शर्माले वहस गरेका छन्। प्रतिवादीका तर्फबाट अधिबक्ताहरु सुनिल पोखरेल, सुसिल पन्त र चुडामणी सापकोटाले बहस गरेका थिए। आरोपी तीन जनालाई विहान १० बजे नै अदालत लगिएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj