Connect with us
Kapilvast Forest

नेप्से लगातार ओरालो लाग्दै, तामाकोशीको शेयर मूल्य पाँच प्रतिशतले घट्यो

२०७८, २२ असार मंगलवारमा प्रकाशित

काठमाडौं– लगातार तेस्रो दिन मङ्गलवार (आज) पनि शेयर बजार काराेबार मापक नेप्से घटेको छ । नेप्से पाँच दशमलव २४ अङ्कले घटेर दुई हजार आठ सय १८ दशमलव १० विन्दुमा झरेको छ ।

आज बैंकिङ, बीमा, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर सामान्य बढेको छ । तर विकास बैंक, व्यापार, होटल, जलविद्युत्, फाइनान्स, अन्य, म्युचल फन्ड र लगानी समूहको शेयर घटेको छ ।

हिजो जस्तै कारोबार रकम आज पनि साढे चार अर्ब रुपैयाँ हाराहारीमै सीमित भएको छ । दुई सय २० कम्पनीका एक करोड एक लाख कित्ता शेयर चार अर्ब २२ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ३५ करोड ९० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज एचआईडीसीएल र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि राष्ट्रिय बीमा कम्पनीको शेयर साढे आठ प्रतिशतले बढेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu