Connect with us
Kapilvast Forest

सुजिता भण्डारी प्रकरणः मोबाइलको फरेन्सिक जाँच गर्दै प्रहरी

२०७८, २२ असार मंगलवारमा प्रकाशित

काठमाडौं – चितवनको राप्ती नगरपालिका–३ मा मृत भेटिएकी सुजिता भण्डारीको मोबाइल प्रहरीले बरामद गरेको छ । सोमबार ब्याट्री भेटिए पनि मोबाइल भेटिएको थिएन ।

मंगलबार घटनास्थलबाट केहिपर मोबाइल पनि भेटिएको प्रहरीले जनाएको हो । मोबाइलमा भएका सामग्रीको प्राविधिक विश्लेषण गर्ने तयारी प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका एक अधिकृत भन्छन्, ‘मोबाइलको परीक्षणका लागि प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक प्रयोगशालामा पठाउने तयारी छ ।’

 

मोबाइलमा केही विषय डिलिट गरिएको भए त्यसलाई पनि ‘रिकभर’ गरिने उनले बताए ।ब्रह्म्स्थानी सामुदायिक वनमा आइतबार दिउँसो उनको शव भेटिएको छ । प्रारम्भमा उनी अपहरणमा परेको आशंका गरिए पनि घटनास्थलमा विष भेटिएपछि घटनामा ट्वीस्ट आएको छ । अपरहणलाई पुष्टि गर्ने आधार पनि भेटिएको छैन ।

जिल्ला प्रहरी प्रमुख एसपी ओम अधिकारी विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको बताउँछन् । भण्डारीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको छ । पोष्टमार्टमको रिपोर्ट आएपछि मृत्युको कारणबारे खुल्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu