Connect with us
Kapilvast Forest

ठमेलबाट ५ जना चिनियाँ जुवाडे पक्राउ

२०७८, २४ असार बिहीबारमा प्रकाशित

 

काठमाडौं-नेपाल प्रहरीले काठमाडौँको ठमेलबाट जुवा खेलिरहेका पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । बुधबार राति करिब १० बजे सम्पत्ति हार जीत हुने गरी ठमेल जेपी मोडमा चिनियाँ नागरिकहरु जुवातास र सट्टाबाजी खेलिरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

ठमेल जेपी मोडस्थित चिनियाँ नागरिक सिआयोलङले सञ्चालन गरेको सियाङ होटलमा उनीहरुले जुवातास खेलिरहेको प्रहरीले फेला पारेको थियो । पक्राउ पर्नेमा सिआयोलङसहित पी। चुआन, हु वेनबिन, ही फुयु र लि सिआओ तोङ रहेका छन् ।

उनीहरुको साथबाट १ लाख २३ हजार नेपाली रुपैयाँसमेत बरामद गरिएको छ । स्थानिय मानिसहरुको रोहबरमा दशीका सामानसहित बरामद गरी नियन्त्रणमा लिइ वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu