Connect with us
Kapilvast Forest

बालाको लोभमा दिदीले गरिन् तीनवर्षे भाइको हत्या

२०७८, २४ असार बिहीबारमा प्रकाशित

छोराको हत्या गरेको अरोपमा ११ वर्षपछि बुवा पक्राउ

 

धनगढी- कैलालीको टीकापुरमा मृत फेला परेका साढे तीन वर्षीय नाबालक विवेक विष्टको हत्या आरोपमा प्रहरीले दुई युवतीलाई पक्राउ गरेको छ। उनकै दिदी नाता पर्ने १५ वर्षीया युवती र उनकी साथीलाई प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय टीकापुरमा पत्रकार सम्मेलन गर्दै हत्या आरोपमा दुई युवतीलाई पक्राउ गरिएको जानकारी दिइएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले प्रारम्भिक अनुसन्धानको क्रममा विवेककी दिदी नाता पर्ने युवतीले हत्या गरेको स्वीकारेको बताए।

‘प्रारम्भिक अनुसन्धानको क्रममा नाबालकको हत्या उनकै दिदीले गरेको देखिएको छ। दिदी नाता पर्ने युवतीले जमरा कुलोमा धक्का दिएर विवेकको हत्या गरेको स्वीकारेकी छिन्। विवेकले लगाएको बाला ती युवतीको साथीसँग फेला परेकोले उनलाई पनि पक्राउ गरिएको छ।’

प्रहरीका अनुसार ती युवतीले पारिवारिक रिसिबीका कारण हत्याको योजना बनाएकी थिइन्। सोमबार ११ बजेदेखि बेपत्ता भएका बालकको बुधवार जमरा कुलोको किनारमा शव फेला परेको थियो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu