कपिलवस्तुमा १ सय २५ जना बालबालिकालाई टिफिन बक्स
कपिलवस्तुको शिवराज नगरपालिका वडा न.९ शिवगढिले वडाभित्रका १ सय २५ जना बालबालिकाहरुलाई टिफिन बक्स बितरण गरेको छ ।
वडाको चालू आर्थिक वर्ष ०७७/७८ को वडा स्तरिय वर्षिक स्वीकृत कार्यक्रम अन्तरगत वडाभित्रका ६ वटा सामुदायिक बिद्यालय र २ वटा समुदायमा आधारित बालबिकास केन्द्रमा भर्ना भएका १ सय २५ जना बिपन्न बालबालिकाहरु लाई टिफिन बक्स बितरण गरिएको हो वडा अध्यक्ष चुर बहादुर खड्काले जानकारी दिनुभयो ।
टिफिन बक्स नहुदा कतिपय बिपन्न परिवारका बालबालिकाहरुले पोलथिनमा समेत खाजा नास्ता ल्याउने गरेको पाईएको हुँदा सुरक्षित दिवा खाजाको लागि टिफिन बकस बितरण गरिएको वडा अध्यक्ष खड्काले बताउनु भयो । टिफिन बक्स बितरणले बालबालिकाहरुलाई सुरक्षित खाजा ल्याउन सहयोग पुग्नुका साथै बालबालिकाहरुलाई बिद्यालय आउन प्रेरित गर्ने वडा सचिव प्रेम सागर वलिले विश्वास ब्यक्त गर्नु भयो ।