Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेश सरकारद्वारा चार पत्रकार सम्मानित

२०७८, २५ असार शुक्रबारमा प्रकाशित

रुपन्देही-लुम्बिनी प्रदेश सरकारले चार पत्रकारलाई सम्मान गरेको छ । अग्रज पत्रकार सम्मान–२०७७ बाट दाङका सुशील गौतम सम्मानित हुनु भएको छ । त्यसैगरी, श्रृजनशील पत्रकारिता सम्मानबाट रुपन्देहीका हिक्मत चौधरीले (मरणोपरान्त) सम्मानित हुनु भएको हो । त्यस्तै बाँकेकी अक्षरी पोखरेल र गुल्मीका जनार्दन घिमिरेलाई पनि प्रदेश सरकारले सम्मान गरेको छ ।

बुटवल विहहिवार आयोजित कार्यक्रममा सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले प्रशंसापत्र र नगद राशिसहित दोसल्ला ओढाएर उहाँहरुलाई सम्मानित गर्नु भएको हो । मन्त्री चौधरीले पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान दिएकाहरुलाई सम्मानको थालनी गरिएको र यसले सिंगो पत्रकारिता क्षेत्रको गरिमा बढाएको बताउनु भयो ।

अग्रज पत्रकारिता सम्मानको राशि १ लाख रुपैयाँ र श्रृजनशील पत्रकार सम्मानको राशि ५० हजार रहेको छ । सम्मानित पत्रकार छनौटका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पत्रकार डिआर घिमिरेको संयोजकत्वमा केपी घिमिरे र विमला चौधरी सदस्य रहेको तीन सदस्यीय मूल्याङकन समिति गठन गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu