Connect with us
Kapilvast Forest

पेट्रोल पम्प र ट्यांकर बन्द गर्ने विद्यार्थीको घोषणा

२०७८, २५ असार शुक्रबारमा प्रकाशित

काठमाडौँ-विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध पेट्रोल ट्यांकर र पम्प बन्द गर्ने भएका छन्।बिहीबार विज्ञप्ति प्रकाशित गरी उनीहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि ७२ घण्टासम्म फिर्ता गर्न माग गरेका छन्।

‘यदि ७२ घण्टाभित्र पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता नगरिएमा असार २७ गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्पहरू, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करहरू अनिश्चितकालका लागि बन्द गर्ने साथै नेपाल आयल निगमका कर्मचारीहरुका सवारी साधन चल्न नदिने कार्यक्रम घोषणा गर्दछौं’ विज्ञप्तिमा भनिएको छ।

संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता गर्न माग गर्दै आज नेपाल आयल निगममा ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्र बुझाउने सन्दर्भमा नेपाल आयल निगमका महाप्रबन्धकले भेट समेत नदिइ विद्यार्थी आन्दोलनलाई अपमान गरेको उनीहरूको गुनासो छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu