Connect with us
Kapilvast Forest

बाढीपहिरो र डुबानमा परी असारमा मात्रै ५१ को मृत्यु, २९ जना अझै बेपत्ता

२०७८, २५ असार शुक्रबारमा प्रकाशित

काठमाडौँ-अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी असारमा मात्रै ५१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा ३१ जना पुरुष, २० जना महिला रहेका छन्। यीमध्ये ५ जना बालक र ५ जना बालिका छन्।

-मृत्यु हुनेमा सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पा, तनहुँ, दाङ, पाल्पा, दार्चुला र गोरखामा ३/३ जना, चितवन, प्युठान, धादिङ, म्याग्दी र रौतहटमा २/२ जना, ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुली, जुम्ला, अर्घाखाँची, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा १/१ जना रहेका छन्।

पछिल्लो २४ घण्टाभित्र ७ जनाको मृत्यु भएको छ। दार्चुलामा ३ जना, पाल्पामा २ जना तथा तनहुँ र दाङमा १/१ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बाढीपहिरो र डुबानमा परी यो अवधिमा ७१ जना घाइते भएका छन्। तीमध्ये ३६ जना पुरुष, १९ जना महिला छन्। यस्तै ११ जना बालक र ५ जना बालिका घाइते भएका छन्।

उनीहरूमध्ये तनहुँमा १० जना, पाल्पामा ७ जना, धादिङमा ६ जना, सिन्धुपाल्चोक र रोल्पामा ५/५ जना, धनुषा र सर्लाहीमा ४÷४ जना, खोटाङ, कास्की, म्याग्दी र डोटीमा ३/३ जना, जुम्ला, चितवन, दाङ, दार्चुला र गोरखामा २/२ जना, पाँचथर, संखुवासभा, रौतहट, स्याङ्जा, हुम्ला, अछाम, बाजुरा र सल्यानमा १/१ जना रहेका छन्। घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ।

बाढीपहिरोमा परी २९ जना अझै बेपत्ता भएका छन्। तीमध्ये १९ जना पुरुष, ६ जना महिला, ३ जना बालक र १ जना बालिका रहेका छन्। उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना, चितवनमा ३ जना, पर्वत र तनहुँमा २ जना तथा बाजुरा र बाग्लुङमा १÷१ जना रहेका छन्। बेपत्ताको खोजी कार्य जारी छ।

बाढीपहिरोमा परेका १ हजार २ सय ६८ जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ। उद्धार गरिएकामध्ये मनाङमा ६ सय ५६ जना, चितवनमा ४ सय २ जना, सिन्धुपाल्चोकमा १ सय २३ जना, दोलखामा ३५ जना, नवलपरासी (पूर्व) १८ जना, लमजुङ र सल्यानबाट ८/८ जना, जाजरकोटमा ७ जना, गोरखा र दाङमा ४÷४ जना र कञ्चनपुरमा ३ जना रहेका छन्।

उद्धारपश्चात उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो।बाढीको कारण १ हजार ५ सय १६ वटा घर डुबानमा परेका छन्। ५ सय ६४ वटा घर, ९९ वटा गोठ, ४२ वटा पुल, ३ वटा विद्यालय र १३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने ८ सय ५९ वटा पशु चौपायाको मृत्यु भएको छ।

यो अवधिमा भएका जम्मा ५ सय ३९ वटा विपद्का घटनाबाट १ हजार १ सय ५८ वटा घर परिवारका ५ हजार ४ सय २३ जना विस्थापित भएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu