Connect with us
Kapilvast Forest

सल्यानका किसान लसुन खेतीमा आकर्षित

२०७८, २५ असार शुक्रबारमा प्रकाशित

सल्यान- छोटो समयमै राम्रो आम्दानी हुने भएकाले सल्यानका किसानहरु लसुन खेतीतर्फ आकर्षित भएका छन्।चिसो हावापानीमा पनि फस्टाउने र तुषारो पनि सहन सक्ने भएकाले लसुन खेती राम्रो भएको बनगाड कुपिण्डे नगरपालिका–३ च्युरीगैराका वीरवल पुनले बताउनु भयो । लसुनलाई ओसिलो हावापानी आवश्यक पर्ने भएकाले आवश्यक सिंचाईको व्यवस्था गर्न सके उत्पादन अझै बढ्ने उनको अनुभव छ। उनले यस वर्ष पाँच क्विन्टल लसुन बिक्री गरेको बताउनु भयो । च्युरीगैराका २६ घरधुरीलेनै लसुन खेती गर्दै आइरहेका छन्।

किसान दुर्गाबहादुर पुनले प्रतिक्विन्टल १० हजार रुपैयाँमा घरबाटै लसुन बिक्री गरेको बताए। उनले चार क्विन्टल लसुन बिक्री गरेको बताए। लसुन खेती गर्न सजिलो तथा रोग तथा किराको संक्रमण कम हुने भएकाले उहाँले बताउनु भयो । तर, उत्पादिन लसुन लामो समयसम्म राख्दा तौल घट्ने, उम्रने तथा कुहिने समस्या आउने भएकाले भण्डारणका लागि उचित ठाउँको व्यवस्था हुनुपर्ने उहाँले माग गर्नु भयो ।

अन्नबाली लगाउँदा ६ महिना पनि खान नपुग्ने किसान लसुनखेती गर्न थालेपछि राम्रो आम्दानी हुन थालेको पुनले बताए। उनले भने, ‘हिउँदमा लसुन लगाएर रामै्र आम्दानी गर्न थालेका छौं। अन्नबालीभन्दा धेरै गुणा आम्दानी लसुनबाट हुने गरेको छ।’

सल्यानमा ५१० हेक्टर क्षेत्रफलमा लसुन खेती हुँदै आइरहेको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रमेशकुमार बस्नेतलले जानकारी दिनु भयो । गत आर्थिक वर्ष ३ हजार १५२ मेट्रिकटन लसुन उत्पादन भएको कार्यालयको तथ्यांकमा छ। कम लगानी र मेहनतमा पनि राम्रो फाइदा हुन थालेपछि यहाँका ग्रामीण क्षेत्रमा लसुन खेतीप्रति आकर्षण बढेको उहाँको भनाइ छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu