Connect with us
Kapilvast Forest

कोरोना खोप लिन चीन गएको बाइडबडी विमान आज आइपुग्दै

२०७८, २५ असार शुक्रबारमा प्रकाशित

काठमाडौं- कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’को पहिलो खेप लिए नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाज आज फर्कदैछ।

 

निगमका अनुसार चालकदलका १२ सदस्यसहित चीन गएको जहाज आज बिहान साढे ६ बजे काठमाडौं अवतरण हुने तालिका छ। पहिलो खेपमा वाइडबडीले ८ लाख डोज खोप ल्याउँदै छ। बाइडबडी ए ३३० जहाजबाट बिहीबारदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो।

 

सरकारले सरकार–सरकार (जिटुजी)मार्फत चीनबाट खोप ल्याउन लागेको हो। जहाजले असार २५ गते खोप ल्याउने छ।यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ।

नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ। नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ। अहिलेसम्म आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८०७ जनालाई पहिलो मात्राको खोप प्रदान गरिएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu