Connect with us
Kapilvast Forest

महावीर पुनलाई अमेरिकाका दुई शहरका नगर प्रमुखद्वारा सम्मान

२०७८, २६ असार शनिबारमा प्रकाशित

काठमाडौं-अमेरिकामा महावीर पुनलाई ओहायो राज्यका दुई शहरका नगर प्रमुखले सम्मान गर्नु भएको छ । गत महिना देखि अमेरिकाको भ्रमणमा रहेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकलाई गत जुलाई ६ का दिन सम्मान गर्नु भएको हो ।

डा पुनले नेपालका लागि गरेको योगदान स्वरुप उनलाई सम्मान गरेको हो भने यो समस्त नेपाल र नेपालीको गौरवको बिषय हो । नेपालको विकासको लागि र आर्थिक उन्नति कसरी गर्न सकिन्छ भन्ने उद्देश्य सहित स्थापित राष्ट्रिय आविष्कार केन्द्र मार्फत थुप्रै सामाजिक कार्यहरू गरि सकेको छ ।

ओहायो राज्यको चिली कथि शहरका नगर प्रमुख ल्युक एम फिनीले अफिस अफ दि मेयर प्रोक्लामेसन अर्थात् नगर प्रमुखको कार्यालयको घोषणा भनि एक सम्मान पत्र डा पुनलाई हस्तान्तरण गर्नु भएको छ ।

यसै गरि ओहायोको रेनोल्डसबर्ग शहरका नगरप्रमुख जो बेगेनिले समेत अफिस अफ दि रोकोग्निसन ओफ महाबिर पुनभनि सम्मान पत्र हस्तान्तरण जुलाई ६ का दिन गर्नु भएको थियो ।

पुन हाल अमेरिकाको विभिन्न राज्यहरूमा भ्रमण गर्दै नेपाली समुदायसँग अन्तरक्रिया र भेटघाट कार्यक्रममा व्यस्त रहेको समयमा उनलाई ओहायोका दुई शहरका नगर प्रमुखले बोलाएर सम्मान गगर्नु भएको हो ।

अमेरिकामा अत्यधिक नेपाली समुदायसँग गरिएको अन्तरक्रिया र भेटघाट कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रलाई ठूलो आर्थिक सहयोग प्राप्त भएको छ । र ,सबै नेपालीले सक्ने सहयोग गरि रहेका छन् । आर्थिक सहयोग मात्र नभई केन्द्रलाई आफूले विदेशमा आर्जन गरेको शिप र ज्ञान पनि सहयोग गर्ने वचनबद्धता र प्रतिबद्धता जाहेर गरेका छन् ।

डा पुनले सुरु देखि नै आर्थिक सहयोगको लागि मात्र नआएको भनि पटक पटक स्पष्ट परेका छन् भने तर समुदायले पुनको कुरा सुने पछि स्वत स्फूर्त रुपमा सहयोग गर्नेको ताती लागेको छ ।

आफै राष्ट्रिय आविष्कार केन्द्रलाई निरन्तर रुपमा सहयोग गर्ने सबैले बचन दिनु भएको छ ।अमेरिकाको भ्रमणको लागि सामाजिक अभियन्ता सन्तोष सापकोटाले डा पुनलाई अमेरिकाको भ्रमणमा ल्याउन संयोजन गरेका हुन् । हाल सम्म ६।५ करोड पर्ने ५५ वटा वायु प्रवाहक ९भेन्टीलेटर ०सहित अन्य आर्थिक संकलन गर्दै करिब १० करोडको सहयोग नेपाल भित्रिने अनुमान छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu