Connect with us
Kapilvast Forest

साढे २८ किलो चरेससहित रुपन्देहीबाट २ जना पक्राउ

२०७८, २६ असार शनिबारमा प्रकाशित

 

सागर थापा,दाङ – प्रहरीले साढे २८ किलो चरेससहित रुपन्देहीको बुटवलबाट २ जनालाई पक्राउ गरेको छ।

यसरी पक्राउ पर्नेमा बाग्लुङ बढिगाउँ गाउँपालिका ८ बस्ने ३६ वर्षीय रोहित राना र सोही ठाउँका ६३ वर्षीय जीवन पुन रहेको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी मुकुन्द राज आचार्यले जानकारी दिनुभयो ।

बुटवल उपमहानगरपालिका ११ देविनगरस्थित नमस्ते पथ केएफसी पिज्जा हबमा शुक्रबार साँझ चरेसको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी ब्युरोले टोलीले २८.५ किलो लागूऔषध चरेससहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ब्युरो प्रहरीका अनुसार लु २५ प ६५४४ नम्बरको स्कुटर समेत नियन्त्रणमा लिईएको छ। पक्राउ परेकाहरुलाई लागुऔषध कारोबार मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको डिआइजी आचार्यले बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu