Connect with us
Kapilvast Forest

मेची- महाकाली संयुक्त बुहारी आवाजको माग : सिर्जनाको हत्यारालाई मृत्युदण्ड देऊ

२०७८, ३० असार बुधबारमा प्रकाशित

झापा – बिर्तामोडकी सृजना बस्नेतको हत्यारालाई कडा कारबाहीको माग राख्दै मेची–महाकाली संयुक्त बुहारी आवाजले जिल्ला प्रशासन कार्यालय झापालाई ज्ञापनपत्र बुझाएको छ।

बुहारी आवाज झापाकी संयोजक शिखा खड्का ९गणेश० र उपाध्यक्ष गंगा भट्टराईको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई सो ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा भनिएको छ( बिर्तामोड नगरपालिका–५ निवासी २५ वर्षीया युवती बस्नेत सोमबार बिहान अर्धनग्न अवस्थामा मृत भेटिएकी थिइन्। घटनामा संलग्न हत्यारालाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याई कडा कारबाहीको माग गर्दछौँ। घटनाको अनुसन्धानमा कुनै पनि किसिमको ढिलासुस्ती सहन सकिँदैनु,

तत्काल अपराधी सार्वजनिक नगरे सडक संघर्षमा उत्रने चेतावनीसमेत दिइएको छ।

साथै झापाका महिला तथा बालबालिकाको सुरक्षाका लागि विशेष सुरक्षा व्यवस्था हुनुपर्ने। छोरी बुहारीलाई सुरक्षित राख्न कानुन संशोधन गरेरै भए पनि मृत्युदण्ड व्यवस्था राख्नुपर्नेलगायत माग ज्ञापनपत्रमा उल्लेख छ।

ुआवाजुले सो ज्ञापनपत्रको बोधार्थ इलाका प्रहरी कार्यालय अनारमनिलाई पनि बुझाएको छ।

यता युवती बस्नेतको मृत्यु शंकास्पद देखिएको झापा प्रहरीको दाबी छ। युवतीको शरीरका विभिन्न भागमा चोटपटक देखिएको छ। घरको मुख्य गेट र सुत्ने कोठा बन्द हुनु, अनि युवतीको शव सडकमा अर्धनग्न अवस्थामा फेला पर्नुले घटना शंकास्पद भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले बताउनु भयो । पोस्टमार्टमको रिपोर्ट आएपछि घटनाबारे थप तथ्य बाहिर आउने डिएसपी थापाको भनाइ छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu