विप्लव र माधव नेपालविच भेटवार्ता
काठमाडौं-नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्नुभएको छ ।आज बिहान नेपालको निवास कोटेश्वरमा पुगेर विप्लवले नेपालसँग कुराकानी गर्नु भएको छ ।
नेता नेपालको सचिवालयले दिएको जानकारीअनुसार विप्लव र धर्मेन्द्र बाँस्तोलाले नेपालसँग कुराकानी गर्नु भउको हो ।उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको थियो।विप्लव र बाँस्तोलाले बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि कुराकानी गर्नु भएको थियो ।