Connect with us
Kapilvast Forest

बलगृहका बेसाहरा बालकहरुलाई एक लाखको खाद्यान्न

२०७८, ३१ असार बिहीबारमा प्रकाशित

कपिलवस्तु –लामो लकडाउनका कारण समस्यामा परेको भन्दै कपिलवस्तुको तौलिहवा स्थित बालगृहका बेसाहारा २९ बालकहरुलाई खाद्यान्न बितरण गरिएको छ । चुजी फाउन्डेशन ताईवानले बिहीवार बालगृहमा झन्डै एक लाखको खाद्यान्न बाडेके हो । भिक्षुु महासंघका अध्यक्ष भिक्षु मैत्रेयले नेपाल बाल संगठनका जिल्ला अध्यक्ष गोपालमणि ज्ञवालीलाई सो खाद्यान्न हस्तान्तरण गर्नु भएको थियो ।

बालगृहका २९ बालकहरुलाई झन्डै दुई महिना पुग्ने गरी खाद्यान्न उपलब्ध गराईएको हो । प्रति बालक २५ किलो चामल, ५ किलो पीठो, दाल, चना, नुत तेल साबुन लगायतका सामाग्री दिइएको हो । सो अवसर भिक्षु मैत्रेयले चुजी फाउन्डेशनले नेपाल र बिश्वका बिभिन्न स्थानमा बिपदमा राहत बाडने तथा अन्य आवश्यक सामाग्री उपलब्ध गराउदै आएको बताउनु भयो । मानवीय सेवामा समर्पित यो संस्थाले कोभिडका कारण पठनपानठमा समस्या आएकोले ल्याबटबकालागि समेत पहल गर्ने उहाँले प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

सो अवसरमा कपिलवस्तु नगरपालिकाकी उप मेयर लक्ष्मी साउगुप्ताले कोभिडका बेला चुजी फाउन्डेशनले कपिलवसतुमा स्वास्थ्य सामाग्री सहित राहत बितरण तथा अन्य सामाग्री उपलब्ध गराएर निकै पुन्यको काम गरेको बताउनु भयो । सो अवसरमा कपिलवस्तु नगरपालिका वडा नम्बर १ का अध्यक्ष सुदीप पौडेलले आफुले पनि बालगहृका बालबालिकाहरुलाई निरन्तर सहयोग जारी राख्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

साझा प्रयास अभियानका संयोजक रबि ठाकुरले चुजी फान्डेशनको सहयोमगा कोभिडका कारण मारमा परेको साढे ८ सय बिपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न बाडिने बताउनु भयो । रबि ठाकुरको अध्यक्षता राम प्रसाद अर्यालको संचालनमा भएको कार्यक्रममा बाल संगठन अध्यक्ष ज्ञवाली, साझा प्रयास अभियानका सचिव राजेशे ज्ञवाली लगायतले मन्तब्य दिनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu