Connect with us
Kapilvast Forest

मजदुर तथा बिपन्न २० गरिव परिवारलाई राहत बितरण

२०७८, १ श्रावण शुक्रबारमा प्रकाशित

कपिलबस्तु – कपिलबस्तुमा दैनिकी ज्याला (मजदुरी) गरेर खानुपर्ने मजदुर तथा बिपन्न परिवारका लागी अस्टे«लिया बाट माइलिन भन्ने दाता तथा वहाको टीमले आज कपिलबस्तु नगरपालिका वडा नं. १,२ र ३ का २० गरिव परिवारलाई राहत पु–याएको छ ।
कोरोना भाइरस कोभिड १९ को महामारीका कारण छाक टार्न पनि धौधौ परेको बेला उहाहरूलाई थोरै भए पनि राहत होस् भनेर माइलिन तथा वहाको टीमले अति विपन्न परिवारलाई राहत बितरण गरेको हो ।
कोरोना भाइरस कोभिड १९ को महामारीका कारण मजदुरी र ज्यालादारी गर्नेहरूको काम ठप्प रहेको हुदा उहाहरू रोगले भन्दा भोकले मर्नुपर्ने स्थिति भएकाले लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवालीको पहलमा र साझा प्रयासका संयोजक रबि ठाकुरको उपस्थितिमा माइलिन तथा वहाको टीम मार्फत २० जना गरिब परिवारलाई राहत वितरण गरिएको छ ।
२० जना अति विपन्न परिवारलाई २५ किलो चामल, ५ किलो पिठो, २ किलो दाल, १ लिटर तेल, १ प्याकेट नुन, १ किलो चिनी २ बट्टा साबुन ,१ किलो सर्फ,२ किलो आलु,२ किलो प्याज,आधा किलो स्वयाबिन र मसाला बितरण गरिएको छ ।
छाक टार्न धौधौ परेको बेला विपन्न परिवारले राहत पाउदा दाता तथा वहाका टिमलाई ती परिवारले धन्यवाद दिदै खुशी व्यक्त गरेको छन् । ’एकअर्कालाई सहयोग गर्नु नै मानव धर्म हो’ नेपालमा भोकबाट कोही मर्न नपरोस् भनेर सक्दो कोशिस गर्दैछौ भन्दै माइलिन टिमका राहत बितरण संयोजक बिकास लामाले बताउनु भएको छ ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu