Connect with us
Kapilvast Forest

देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने एमाले स्थायी कमिटीको निर्णय

२०७८, १ श्रावण शुक्रबारमा प्रकाशित

pardip-gyawali.jpg

काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा आज शुक्रवार बसेको स्थायी कमिटी बैठकले सरकारलाई समर्थन नगर्ने निर्णय गरेको हो ।

बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूको मात्र उपस्थिति रहेको थियो । एमालेका माधवकुमार नेपाल समूहको कार्यदल सदस्यहरूले बैठकलाई रोक्न माग गरेका थिए । साथै उनीहरूले यसअघि भएको १० बुँदे सहमतिअनुसार अगाडि बढ्न पनि आग्रह गरेका थिए ।

बैठकपछि पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीका सबै प्रतिनिधि सभा सदस्यलाई निर्णयको पालना गर्न निर्देशन दिएको बताउनुभयो । साथै उहाँले अदालतको आदेश बमोजिम विश्वासको मतमा मतदान गर्नेरनगर्ने निर्णय व्यक्तिगत हुने समेत बताउनुभयो । बैठकले कार्यदलले गरेको १० बुँदे सहमति अनुमोदन गरेको छ ।

साथै अध्यक्ष ओली र नेता नेपाल समूहबाट पाँचरपाँच जना सदस्य रहने गरी गठन भएको कार्यदल भङ्ग गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu