Connect with us
Kapilvast Forest

आज जनकपुर–जयनगर रेलवेको गति परीक्षण गरिंदै

२०७८, ३ श्रावण आईतवारमा प्रकाशित

 

जनकपुर – बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको रेल्वे ट्र्याकको गति परीक्षण गरिंदै छ । आइतबार प्रतिघण्टा १२० किलोमिटरको गतिमा परीक्षण हुने छ ।

रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार रेल्वे लिकको ‘स्पिड’ र ‘सर्टिफिकेशन’ गर्ने काम हुनेछ । भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलले ‘ट्र्याक स्पिड’ परीक्षण गरिने छ ।उहाँले भन्नुभयो, ‘ट्र्याक स्पिड परीक्षण रेल सेवा सञ्चालन गर्नुपूर्वको महत्वपूर्ण प्रक्रिया हो । स्पिड परीक्षण गर्दा रेलको स्पिड १२० किमी प्रतिघण्टा हुने भएकाले रेल्वे ट्र्याकमा सुरक्षा महत्वपूर्ण हुन्छ ।’एक हजार तीन सय सिट क्षमताको यो रेल हाल जनकपुर–जयनगर–कुर्थासम्म ३५ किलोमिटरमा सञ्चालन हुनेछ । पछि महोत्तरीको बिजलपुरा हुँदै बर्दिबाससम्म रेल चलाउने योजना छ ।

नेपालमा पहिलो पटक १९८४ सालमा बेलायत सरकारको सहयोगमा रक्सौल–अमलेखगन्ज रेल सेवा सञ्चालनमा आएको थियो । त्यसपछि १९९४ मा जयनगर–जनकपुर हुँदै महोत्तरीको बिजलपुरासम्म रेल चलेको थियो, जसलाई नेपालको पहिलो न्यारोगेज रेल भनिन्थ्यो । त्यो रेल सेवा ०५८ सालदेखि जयनगर–जनकपुरमा सीमित भयो भने २०७१ माघदेखि बन्द नै भयो ।

त्यसपछि भारत सरकारको आर्थिक सहयोगमा ६ वर्षदेखि जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्म ब्रोडगेज रेल सेवाका लागि रेल्वे निर्माण भइरहेको छ । जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्मको रेल्वे निर्माण पूरा भइसकेको छ । तर गत वर्ष असोजमा जनकपुर–जयनगरसम्म मात्र रेल सेवा परीक्षण सुरु गरिएको थियो ।

नेपाल सरकारले एक वर्षअघि ८४ करोड ६५ लाख रूपैयाँमा दुई सेट रेल खरिद गर्न भारतीय कम्पनीसँग सम्झौता गरेको थियो । गत असोज महिनामा नेपाल रेल्वेलाई दुवै रेल हस्तान्तरण गरिएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu