भोली सार्वजनिक विदा
सनिउल्ला धोबी कपिलवस्तु भद्रा ५,
कपिलवस्तुको महाराजगंज नगरपालिकाले भाद्र ६ गते शुक्रवार सार्वजनिक विदा दिएको छ । श्रीकृष्ण जन्माअष्टमीको अवसरमा नगरपालिकाले सुचना प्रकाशित गरेर विदा दिएको हो । नगरपालिकाले स्थानीय विदा अन्र्तगत भोली विदा दिएको हो । महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामद्धारा हस्ताक्षरित सुचनामा विदा दिइएको हो ।
