Connect with us
Kapilvast Forest

महाराजगंज नगरपालिका खुल्ला दिसामुक्त क्षेत्र घोषणा

२०७६, ५ भाद्र बिहीबारमा प्रकाशित

सनिउल्ला धोबी कपिलबस्तु । भाद्र ५ ।
महाराजगंज नगरपालिकालाई एक समारोह विच खुल्ला दिसामुक्त नगरपालिका घोषणा गरिएको छ । नगरपालिकामा रहेका ७ हजार ९३९ घरधुरी अन्र्तगत नगरपालिका भित्र शतप्रतिशत शौचालय निर्माण भई नगरपालिका खुल्ला दिसामुक्त घोषणा गरिएको नगरपालिकाका प्रमुख अब्दुल कलाम खाँले बताउनुभयो ।

 सो अवसरमा साबुनपानीले हात धोएर कार्यक्रमको उद्घाटन गर्दै कपिलवस्तु क्षेत्र नम्बर ३ का सांसद अभिषेक प्रताप शाहले सरुफाई प्रति सेचन रहन आग्रह गरे । उनले खुला शौच गर्दा महिलाहरु सहीत परिवारको ईज्जत जाने र बिभिन्न खाले सरुवा रोगहरु लाग्ने भएकाले बनेका चर्पी मै दिशा पिसाब गर्न अपील गरे । उनले घर गाउ समाज स्वच्छ हराभरा राख्न सरसफाईलाई प्राथमिकतामा राख्नु पर्ने बताए ।

सो अवसरमा पुर्व मन्त्री तथा नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले नगरलाई नै स्वच्छ हराभरा बनाउन बनेका शौालयकोृ सही सदुपयोग गर्नु पर्नेै बताए । उनले जिल्लालाई खुला दिशामुक्त बनाउने अभियानमा अब ढिलाइए गर्न नहुने बताए ।

प्रदेश सदस्य अर्जुन केसीले २१ औ शाताब्दीमा समेत खुला ठाउमा शौच गर्नुृ लज्जाको बिषयमा भएको बताए । उनले खुला ठाउमा शौच गर्ने बानीलाई हटाएर बनेका शौचालयमा दिशाा् पिसाब गर्नु पर्ने बताए ।

सो अवसरमा मेयर खाँले सबैको साथले ढिलै भए पनि सार्थकता पाएको बताए । उनले सरसफाईमा साथ दिन नगरबासीलाई अपील गरे । कार्यक्रममा नगरपालिकालाई खुला दिशामुक्त बनाउन सहयोग गरेकामा ३ दर्जन बढी ब्यक्ति र संसथार्ला प्रशंसा पत्र प्रदान गरिएको थियो । मेयर खाको अध्यक्षताअ, सनीउल्लाह धोबीको संचालनमा भएको कार्यक्रममा प्रजिअ गजेन्द्र बहनादुर श्रेष्ठ जिल्ल्ला समन्वय समितिकी उप प्रमुम तारावती चौधरी, गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष प्रवीण श्रीवास्तव लगायतले मन्तब्य दिएका थिए ।

कार्यक्रममा आगामी निती तथा कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो । अनिवार्य रुपमा शौचालयको प्रयोग गराउनको लागी वडा एवं नगरपालिकाबाट निरन्तर अनुगमनको ब्यबस्था मिलाउने साथै वडालाई पुर्ण सरसफाईयुक्त वडा घोषणा गर्ने निती तय गरिएको सामाजिक बिकास अधिकृत निरन्जन पौडेलले बताउनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu