Connect with us
Kapilvast Forest

आइतबारदेखि विद्युत् सेवा अवरुद्ध

२०७८, ५ श्रावण मंगलवारमा प्रकाशित

विद्युत् मर्मतका लागि पोल चढेका इलेक्ट्रिसियनको खसेर मृत्यु

 

डोटी-लगातारको वर्षाका कारण जिल्ला सदरमुकाम सिलगढीमा आइतबारदेखि विद्युत् सेवा बन्द भएको छ । घण्टौंसम्म विद्युत् सेवा अवरुद्ध हुँदा यहाँका नागरिक मारमा परेका छन् । आइतबार राति साढे १२ बजेदेखि जिल्ला सदरमुकामको विद्युत् सेवा अवरुद्ध भएको हो । दिपायल सिलगढी नगरपालिका–५ बागठाटादेखि जिल्ला सदरमुकाम सिलगढीको शैलेश्वरी मन्दिरको बीचमा पर्ने लाइनमा खराबी आएपछि यहाँको विद्युत् लाइन अवरुद्ध भएको डोटी साना जल विद्युत् वितरण कार्यालय दिपायलले जनाएको छ ।

अवरुद्ध भएको विद्युत् सेवा पुनः सञ्चालनका लागि कर्मचारी खटिए पनि लगातारको वर्षाका कारण समस्या पत्ता लगाउन नसकिएको विद्युत् कार्यालयका प्रमुख कपिल जोशीले बताए । अवरुद्ध विद्युत् सेवा मर्मतका लागि प्राविधिक टोली अहिले पनि काममै खटिएको उनले जानकारी दिए । विद्युत् सेवा अवरुद्ध हुँदा सरकारी कार्यालयको कामकाज आज दिनभरि प्रभावित हुनाका साथै उद्योग, कलकारखाना, घरायसी कामकाजलगायत एफएम रेडियो र पत्रपत्रिकासमेत प्रसारण तथा प्रसारण हुन सकेका छैनन् ।

गर्मीको समयमा पनि अवरुद्ध विद्युत् सेवा समयमै पुनः सञ्चालन गर्नका लागि विद्युत् कर्मचारीले लापरबाही गरेको भन्दै यहाँका नागरिक आक्रोशित बनेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu