Connect with us
Kapilvast Forest

वाणिज्य बैंकहरूको कुल निक्षेप ४२ खर्ब १ अर्ब

२०७८, ५ श्रावण मंगलवारमा प्रकाशित

bank.jpg

 

काठमाडौं – गत आर्थिक वर्षको अन्तिम साता मात्र वाणिज्य बैंकहरूले ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ ।

गत आर्थिक वर्षको अन्तिम साता वाणिज्य बैंकहरू निक्षेप संकलन तथा कर्जा परिचालनमा आक्रामक देखिएको संघको तथ्याङ्कले देखाएको छ । योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ ।

यसैगरी वाणिज्य बैंकहरूले असारको अन्तिम साता मात्र ४२ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छन् । योसँगै गत आर्थिक वर्षमा वाणिज्य बैंकको कुल कर्जा लगानी ३७ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ ।

असार अन्तिम साता सरकारको अधिक खर्च परिचानका कारण पनि बैंकहरूमा निक्षेप थुप्रेको विश्लेषण गरिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu