लघु उद्यमि तयार गर्दै महाराजगन्ज नगरपालिका
बृजेश यादव-कपिलबस्तु
गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तरगत महाराजगन्ज नगरपालिकाले लक्ष भन्दा वढी नयाँ उद्यमी तयार गरेको जनाएको छ ।
विगत लामो समय देखि जिल्ला घरेलु तथा साना उद्योग कार्यालय, साविक जिल्ला विकास समिति र गैरसरकारी संस्थाहरुको माध्यमबाट संचालन गरिएको लघु उद्यम विकास कार्यक्रम गत आ.ब.बाट स्थानीय तहहरु मार्फत संचालन गर्ने व्यवस्था उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले लगाएको थियो । जस अन्तरगत कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिकालाई ९० जना नयाँ लघु उद्यमी तयार गर्ने लक्ष प्रदान गरिएकोमा ९५ जनालाई उद्यमशिलता विकास तालिम प्रदान गरिएको छ । आठ दिन सम्म दिइने यो तालिममा व्यवसायिक सचेतना, अवसरको पहिचान, परिवार र व्यवसाय विचको सम्बन्ध, ग्राहक स्थानीय स्रोत र बजारको पहिचान गरि व्यवसायको छनौट साथै व्यवसायिक योजना बनाउन सिकाइएको जानकारी फोकल पर्सन निरन्जन पौडेलले बताउनु भयो । वहाँहरुले आफ्नो व्यवसायिक योजना बनाएपछी सो अनुसारको क्षमता वृद्धीको लागि पुन व्यवसायिक शिप विकास तालिम समेत ३७ जनालाइ प्रदान गरि उन्नत प्रविधीमा सहयोग भएको जनाउनु भएको छ ।
कपिलवस्तु जिल्लामा दस वटा स्थानीय तह रहेको मध्ये ६ वटा नगरपालिकाहरु नै छन् । ति मध्येपनि पूर्वाधार, चेतनाको स्तर र आन्तरिक श्रोतमा समेत पछाडी रहेको यस नगरपालिकालाई नगरपालिका भन्न योग्य बनाउन नै चुनौतिपूर्ण रहेको नगर प्रमुख अब्दुल कलाम बताउछन् । जिल्लाका धेरै जसो नगरपालिका पूर्व पश्चिम लोकमार्गसँग जोडिएका छन, कपिलवस्तु नगरपालिका मुलुक कै पुरानो नगरपालिका मध्ये एक रहेको र कृष्णनगर नगरपालिका त गाउँ विकास समिति हुँदाकै बखत योजनाबद्ध ढंगले बसालिएको मुख्य भन्सार नाका हो । विसुद्ध दक्षिणी भेगका, यातायात र अन्य सुविधाले दुर्गम ९ वटा साविक गाविस मिसाएर जनसंख्या पुगेको आधारमा नगरपालिकाको रुपमा घोषणा गरेकोले अरुसँगको तुलनामा हामीले सून्य अवस्थाबाट शुरुवात गरेर यहाँ सम्म पुगेको कुरा बताउदै नगर प्रमुख कलामले आन्तरिक आम्दानी कम रहेको र संघीय बजेट विनियोजनमा समेत ठगिएको अवस्थामा हामी रहेको छौ । त्यस माथि दरबन्दीको आधा भन्दा कम कर्मचारी पाइएको छ । शुरु देखि पूर्णरुपमा काम गर्न पाएको भए धेरै राम्रो हुनेथियो । हामी जनप्रतिनिधीले त निर्णय मात्र गर्ने हो, कार्यान्वयन गर्ने कर्मचारीहरु हुन । तिनै आधा भन्दा वढी छैनन् भने सतप्रतिशत काम हुन्छ भन्ने त कसरी सोच्न सकिन्छ रतैपनि ९० प्रतिशत गाउँ हिलो मुक्त गराएका छौ । स्वास्थ्य तर्फ सेवाको संख्या र गुणस्तरमा बृद्धि भएको छ । शैक्षिक संस्थाहरुको स्तरोन्नती र पहुँच बढेको छ ।
प्राकृतिक साधन स्रोतको रुपमा माटो मिसिएको बालुवा रहेको दुई वटा नदीहरु बाहेक कुनै प्राकृतिक स्रोत छैनन् तर माटोलाइ पकाएर इट्टा बनाउने भठ्ठाहरु अन्य पालिकाको तुलनामा प्रशस्त रहेका छन । आकाशको फल, आँखा तरी मर भने जस्तै ८० प्रतिशत भठ्ठाहरुले नगरपालिकालाई कर दस्तुर राजश्व केही दिन मान्दैनन् त्यसैले आन्तरिक आम्दानी नगन्य बराबर छ । कर्मचारीहरुको संख्या दरबन्दी भन्दा कम भएतापनि सेवा प्रति प्रतिवद्ध भएकोले विकासले गति लिएको कुरा प्रमुख प्रशासकिय अधिकृत वेद प्रसाद खरेलले बताउनु भयो । विगतमा संचालित मेड्पा कार्यक्रमका लघु उद्यमीहरुको तथ्याकंहरु पूर्णरुपमा प्राप्त नभएको साथै लकडाउनले गर्दा वहाँहरुको स्तारोन्नती गर्न नसकिरहेको अवस्था रहेपनि नयाँ उद्यमीको सृजना लक्ष भन्दा वढी भएको जानकारी दिदै ति उद्यमीहरुलाई चालु वर्षमा बजार र वित्तिय संस्थाहरु संगको पँहुच बढाउने र थप सहयोग गरिने लक्ष समेत रहेको वताउनु भयो । कार्यक्रमले ८० प्रतिशत भन्दा वढी विपन्न महिला र यूवालाइ समेटेको छ । नगरपालिकाले थप एक जना उद्यम विकास सहजकर्ताको छनौट प्रकृयापनि अगाडी वढाएको छ ।