८१ किलो गाँजासहित ट्रक र चालक पक्राउ
मकवानपुर-प्रहरीले मक वानपुरबाट गाँजासहित एउटा ट्रक र त्यसका चालकलाई पक्राउ गरेको छ।बुधबार बिहान प्रहरीले ८१ किलो ३५० ग्राम गाँजासहित ना८ख ८२८४ नम्बरको ट्रक र चालकलाई पक्राउ गरेको हो।
पक्राउ पर्ने चालकमा राक्सिराङ गाउँपालिका-४ का ४२ वर्षीय बाबुराम नेगी छन्।मनहरी गाउँपालिका-८ सिमपानीमा रोकिराखेको उक्त ट्रकमा चेकजाँच गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।