Connect with us
Kapilvast Forest

सत्ता उल्टन सक्ने खतराः नेकपा अध्यक्ष दाहाल

२०७६, ६ भाद्र शुक्रबारमा प्रकाशित

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन संक्ने संभावना रहेको बताउनुभएको छ ।

ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे दाहालले सत्तामा जानुअघि जनतासँग गरेको प्रतिवद्धता भुल्दै जाने र आफ्नै योगदानलाई बिर्सिदै जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्ने खतरा औल्याउनुभएको हो ।

कम्युनिष्ट सरकारको कार्यशैली वास्तविक कम्युनिष्टको चिन्तन र विचार भन्दा भिन्न बुर्जुवाकरण हुँदै जाने हो भने सत्ता परिर्वतन हुन समय नलाग्ने भन्दै दाहालले त्यस तर्फ गम्भीर हुनुपर्ने आवश्यकता औल्याउनुभयो । पुर्वी युरोप, सोभियत संघको उदाहरण दिदै उहाँले कम्युनिष्ट नेताले सत्तामा पुगेपछि कम्युनिष्ट चिन्तन सिद्धान्तको कार्यशैली बिर्सन नहुने बताउनुभयो ।

‘कम्युनिष्ट नेता नै राजा महाराजा जस्तो हुँदै गएपछि राजा महाराजका विरुद्ध लडेका जनताहरु कम्युनिष्ट पनि राजा महाराजा जस्ता देखिएपछि यीनलाई पनि लखेठ्नु पर्छ भन्ने यो विडम्बना हामीले देख्यौं इतिहासमा’, दाहालले भन्नुभयो, ‘हामीकहाँ पनि यसो हेर्दा लक्षण चाहिँ, कुरा बुझ्नु भयो नि ! सिष्टम चाहिँ कताकता त्यस्तै देखिने ।’

उहाँलेले दुई पार्टी मिलेर बनेको ठुलो पार्टी भित्र पछिल्लो समय अनुशासन र जिम्मेवारी बोधमा विचलन देखिएको भन्दै असन्तुष्ठी जनाउनुभयो । विगतमा जनताका समस्या बोध गर्ने, अनुशासित र जिम्मेवारी लिने पथमा देखिएका कम्युनिष्टहरु अहिले अनुशासनहिन बन्दै कर्तव्यबोधबाट पन्छिने प्रवृति बढेको टिप्पणी उहाँले गर्नुभयो ।अध्यक्ष दाहालले सत्तामा पुगेपछि जनतासँग गरेका प्रतिद्धताहरु बिर्सदै जाने प्रवृति विश्वभरीका कम्युनिष्टहरुको विशेषता नै भएको भन्दै अन्य मुलकमा देखिएको प्रवृति नेपालमा पुनरावृत हुन नदिनेतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले वर्तमान राज्यसत्ता प्राप्तीका लागि विगतमा आफैले आफ्नै योगदानको अवमुल्यन गर्ने काम नेतृत्वबाट हुन नहुने तर्फ सधै सचेत र सजग हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu