Connect with us
Kapilvast Forest

राष्ट्रियसभामा सरकारको गम्भीर ध्यानाकर्षण

२०७६, ६ भाद्र शुक्रबारमा प्रकाशित

काठमाडौं । राष्ट्रिय सभा सदस्यहरुले समसामयिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले छिमेकी मुलुक भारतको काश्मीरकको समस्यादेखि बाजुरा लगायत क्षेत्रका जोखिम वस्तीको स्थानान्तरणबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले काश्मीर समस्या बारे सरकारले धारणा सार्वजनिक गर्नुपर्ने बताउनुभयो । छिमेकी मुलुकहरुले आआफ्नो धारणा सार्वजनिक गरिरहेका बेला नेपाल मौन बस्नु सफल कुटनीति नहुने भन्दै उहाँले राष्ट्रिय सहमतिका साथ यसबारे सरकारले धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

‘नजिकबाट नियकाल्दै छौ हामी भनेर परराष्टमन्त्री जूले भन्नुभयो, यो नियाल्ने काम कहिलेसम्म हुन्छ, कहिले सम्म नियालि राख्ने ?’ देवले भन्नुभयो, ‘आँट छ भने यो सरकारले बोलोस्, के बोल्छ बोलोस् अनि नेपाली कांग्रेसले आफ्नो प्रतिक्रिया दिन्छ ।’

पछिल्ला कार्यशैलीले सरकार उत्तरतिर फर्कने प्रत्यन्त गर्दै छ भन्ने संदेश गएको उल्लेख गर्दे उहाँले यस्तो संदेशले नेपाललाई भविष्यमा समस्या पार्ने चेतावनी दिनुभयो । भारतसँगको कुटनीतिक सम्बन्धमा असन्तुलन पैदा हुँदा पर्न सक्ने सामाजिक, राजनीतिक र आर्थिक असरबारे समयमै सोच्न उहाँले आग्रह गर्नुभयो ।

देवले नेपाल–भारत संयुक्त आयोगको बैठकमा नेपालले आफ्नो चासोका विषयमा अडानका साथ प्रस्तुत हुन नसकेको आरोप लगाउनुभयो । १९ सय ५० को सन्धिका बारेमामा नेपालले आफ्ना कुराहरु राख्न नसकेकोमा पनि उहाँले असन्तुष्ठी जनाउनुभयो ।

‘ब्याक टु मंगलमान भयो, घुमिफिरी रुम्जाटार भयो’ देवले भन्नुभयो ।

२०४८ साल मै उठेको विषयमा अहिले पनि अगाडि नबढेर आवश्यक रोडम्याप बनाउन दुवै देशका परराष्ट्र सचिवलाई दिएको निर्देशनलाई उपलब्धि मान्न नसकिने तर्क उहाँले गर्नुभयो ।

राष्ट्रियसभा सदस्य बद्रीप्रसाद पाण्डेले बाजुराका विभिन्न गाउँ बाढी पहिरोको जोखिमको खतरामा रहेको भन्दै जोखिमयुक्त बस्तीका बासिन्दालाई संक्षिप्त स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । बाजुरा जिल्लाको गौमुल गाउँपालिका–१ को अन्द्राणी गाउँमा गाउँभन्दा तल रहेको खोलामा ठूलो बाढी आएर गाउँसम्म पुगेको र माथिबाट आएको पहिरोले गाउँ नै असुरक्षित भएको र त्यस्तै किसिमको समस्यामा दर्जन बढी गाउँ परेको भन्दै उहाँले तत्काल प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो । जोखिममा रहेका वस्ती पहिचान गरी स्थानान्तरणको सुझावसहित विगतमा अध्ययन प्रतिवेदन बुझाउने काम भएको स्मरण गराउँदै एककीकृत बस्ती विकासको योजनासाथ अघि बढ्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले विपद् परेको बेला मात्रै व्यूँझे जस्तो गर्ने त्यसपछि बिर्सने सरकारको कार्यशैलीलाई ‘छेपारोको घर बनाउने सपना’ को संज्ञा दिनुभयो ।

राष्ट्रियसभा सदस्य खेमराज नेपालीले मैथिली भाषालाई रेडियो नेपालको केन्द्रीय प्रशारणबाट हटाइएकोमा गम्भीर आपत्ती जनाउनुभयो । मैथिली भाषा एउटा प्रदेशमा मात्रै सिमित नभएको भन्दै मैथिली भाषालाई संरक्षण र सम्वद्र्धन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

मैथिली र भोजपुरी लगायत भाषाहरु संकटमा पर्दै गएको भन्दै उहाँले राष्ट्रियसभा सदस्य रामप्रित पासवानले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिभिटीले भर्रखरै सार्वजनिक गरेको प्रोफिसेन्सी सर्टिफिकेट इन जेनेरल मेडिसिनको नतिजामा दलित लगायतका विद्यार्थीलाई दिइने कोटामा गैह् दलितको नाम निकालिएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रियसभाको अर्को बैठक आइतबार अपरान्ह १ बजेका लागि बोलाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu