Connect with us
Kapilvast Forest

वाणगंगा नदीमा डुबेर १ जना बेपत्ता

२०७८, ८ श्रावण शुक्रबारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको बुद्धभुमी नगरपालिका १० चेतरादेइका एक युवक खोलामा डुबेर बेपत्ता भएका छन् ।हिजो साँझ भैँसी चराउन भनी निस्किएका स्थानीय १२ वर्षका कविराज केवट साँझ बाणगंगा नदीको रामघाटमा डुबेका थिए ।

चराउन लगेका भैँसी नुहाउन नदीमा छिरे पछि केवट भैँसी निकाल्न पानी भित्र छिरेका थिए । बाढीका कारण नदीमा पानीको सतह गहिरो भएकोले डुबेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बनाउनुभयो ।

नदीमा बेपत्ता भएका केवट स्थानीय कपिलवस्तु राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत रहेको शिक्षक सुरेन्द्र केवटले बताउनु भयो । घटना स्थलमा हाल नेपाल प्रहरी, सशस्त्र प्रहरीको उद्धार टोलीले खोजतलास जारी गरेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu