Connect with us
Kapilvast Forest

चल्न थाले लामो दूरीका सवारी

२०७८, ९ श्रावण शनिबारमा प्रकाशित

असोज ५ गतेदेखि लामो दूरीको यातायात र आन्तरिक उडान खुला

 

काठमाडौँ — सरकारले मध्यम तथा लामो दूरीका सवारी साधनसमेत सञ्चालन गर्ने निर्णय गरेपछि लामो दूरीका सवारी साधन छिटफुट रुपमा चल्न थालेका छन् । सरकारको निर्णयसँगै स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर सबै सवारी सञ्चालन गर्न पाइने भएको हो । शनिबार काठमाडौंका बसपार्कमा उपत्यकाबाट बाहिरिने यात्रुहरु कमै भेटिए । उपत्यकाबाट जानेभन्दा आउने यात्रुहरु धेरै भएकाले यहाँका बसपार्क सुनसान देखिएको यातायात व्यवसायीहरुले बताएका छन् ।

 

नेपाल सरकार (मन्त्रिपरिषद)को यही साउन ४ को निर्णयअनुसार यातायात सञ्चालनको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले यातायात व्यवसायीलाई अनुरोध गरेको थियो । काठमाडौं प्रशासनले शुक्रबार विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को निर्णयानुसार त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगलगायतका निकायबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थी आउने तथा सर्वसाधारणको आवतजावतसमेतलाई सहज बनाउन यातायतका साधन सञ्चालन गर्न अनुरोध गरिएको छ । प्रशासन कार्यालयले अनिवार्यरुपमा टिकट काटेर मात्रै यात्रा गर्न पनि अनुरोध गरेको छ । सरकारले सवारीसाधन र यात्रुहरुलाई स्वास्थय सुरक्षा मापदण्डको पूर्ण कार्यान्वयन गर्न पनि भनेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu